एसपी गौतम मिश्रले सम्हाले कार्यभार, व्यवसायिकतामा आँच नआउने गरी काम गर्न निर्देशन
चितवनलाई सुरक्षित शहर बनाउन प्रहरीको मुख्य भूमिका हुन्छ - एसपी मिश्र
जिल्ला प्रहरी कार्यालय चितवनमा सरुवा भएर आएका एसपी गौतम मिश्रले बिहीबारदेखि आफ्नो कार्यभार सम्हालेका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनको प्रहरी उपरीक्षक भावेश रिमालको मानव बेचबिखन ब्यूरोमा सरुवा भएपछि उनको ठाउँमा मिश्र आएका हुन् ।
स्वागत कार्यक्रममा उनले आफू मातहतका प्रहरी कर्मचारीलाई उच्च व्यवसायिकता प्रदर्शन गरेर काम गर्न निर्देशन पनि दिएका छन्। सेवाग्राहीको गुनासो तत्काल सम्बोधन गर्नुपर्ने, काम गर्दा व्यसायिकतामा आँच नआउने गरी काम गर्नुपर्ने, सेवाग्राहीलाई विशेष प्राथमिकतामा राखेर द्रूत सेवा दिन निर्देशन दिएका छन्।
चितवनलाई सुरक्षित शहर बनाउन प्रहरीको मुख्य भूमिका हुने भएकाले सोही अनरुप प्रहरीले आफ्नो ड्युटी गर्नुपर्ने उनले बताए। जिल्ला प्रहरी कार्यालय चितवनको प्रहरी उपरीक्षक भावेश रिमालको मानव बेचबिखन ब्यूरोमा सरुवा भएपछि उनको ठाउँमा गौतम मिश्र आएका हुन् ।
मिश्र प्रहरी संगठनभित्र सफल प्रहरी अधिकारीका रुपमा समेत आफुलाई परिचित गर्न सफल भएका छन् । प्रहरी संगठनमा दुरगामी र सकारात्मक प्रभाव पार्ने नयाँ नयाँ अभियानको सिर्जना गर्ने क्षमतावान बौद्धिक प्रहरी अधिकृतका रुपमा समेत परिचित उनी विभिन्न जघन्य अपराधलाई अनुसन्धान गरी टुँगोमा पुर्याउन सफल भएकै कारण अपराध अनुसन्धानमा अब्बल प्रहरी अधिकृतका रुपमा समेत चिनिएका छन्। उनले एक बर्ष अघि मात्रै जिल्ला प्रहरी कार्यालय धादिङको समेत सफल कमान्ड गरिसकेका थिए ।
क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार, समाज, स्थानीय, फोटो समाचार
धेरै पढिएका
- १शिवपुरी जंगलमा गाडिएको अवस्थामा किशोरीको शव फेला
- २एमाले काठमाडौ जिल्ला कमिटिले तोक्यो बिभिन्न बिभाग पालिकाको जिम्मेवारी हेर्नुहोस कसलाई के के ? ( सूचिसहित )
- ३टोखाको मालुङ्ग प्लटीङ्गमा कपडामा पोको पारेर बेवारिसे अवस्थामा नवजात शिशु फेला
- ४मृत्युमार्ग जस्ता नेपालटार डाँडागाउँ सडक : जनजीविकासँग जोडिएको मुख्य सडक अलपत्र छोडेर गेट बनाउन ५२ लाखको ठेक्का
- ५काठमाडौको तारकेश्वर भयानक दुर्घटना, ३ जनाको घटना स्थलमै मृत्यु
- ६नेकपा एसका काठमाडौं जिल्ला उपाध्यक्ष र सचिवसहित थुप्रै नेताहरुद्वारा पार्टी परित्याग , आज एमालेमै फर्कीए ( हेनुहोस सूची )
- ७काभ्रेस्थली थुम्कीका गोपाल अधिकारी हराए , खोजी कार्यमा सहयोग गर्ने सबैमा अनुरोध
- ८नेपालटारको ग्रामिण आदर्श बहुमुखी क्याम्पसमा तोडफोड र ताला
तपाईको कमेन्ट लेख्नुहोस्