Techie IT
शुक्रबार, माघ ११,२०८१

मानव अधिकार सम्बन्धि अनुशिक्षण कार्यक्रम सम्पन्न

मानवअधिकार संरक्षण एवम् संवर्द्धनमा नेपाल प्रहरी प्रतिवद्ध - प्रहरी निरीक्षक बिष्ट


नागरिकका संविधान प्रदत्त मौलिक हक, प्रचलनमा रहेका राष्ट्रिय कानूनमा व्यवस्था भएका अधिकार तथा नेपाल पक्ष भएका मानवअधिकार सम्बन्धी अन्तर्राष्ट्रिय सन्धि सम्झौताहरूद्वारा सुनिश्चित मानवअधिकारको संरक्षण, संवर्द्धन र परिपूर्तिको लागि सांगठनिक प्राथमिकताको रूपमा अंगिकार गर्दै आएको नेपाल प्रहरीले बिहीबार प्रहरी जवानदेखि अधिकृतहरु समेतलाई लक्षित गर्दै एक दिने मानव अधिकार सम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ।

प्रहरीले सबै प्रकारका प्रकोपका बेला मानव अधिकारको सम्मान गरोस् भन्नका लागि अनुशिक्षण कार्यक्रम सञ्चालन गरेको हो। प्रहरीमा मानव अधिकारको सम्मान गर्ने वातावरण तयारीका लागि सिपाहीदेखि अधिकृतम्मका दर्जालाई मानव अधिकार अनुशिक्षण गरिएको ईलाका प्रहरी कार्यालय फपिङका प्रहरी निरीक्षक रमेश बिष्टले जानकारी दिए ।

कार्यक्रमको सहजकर्ता समेत रहेका प्रहरी निरीक्षक बिष्टले प्रहरीले आफूले सेवाग्राहीका लागि सम्पादन गर्ने सेवामा मानव अधिकारको सम्मान गर्न नसके भोलि समस्यामा पर्न सक्ने समेत बताए । प्रहरी काम कारबाही अन्तर्गत अपराध अनुसन्धान, रोकथाम एवम् नियन्त्रणको माध्यमबाट समाजमा शान्ति सुरक्षा प्रदान गर्दा वा विपद् व्यवस्थापन लगायतका विविध प्रहरी काम कारबाहीको सिलसिलामा ड्युटिमा खटिने क्रममा प्रहरी आचरण र व्यवहारमा सुधार ल्याउने उद्धेश्यले प्रहरी व्यवहार अनुशिक्षण कार्यक्रम संचालन ल्याएकाे हाे ।

आम नागरिकमा नेपाल प्रहरी संगठन प्रति विश्वास जगाई शान्त, सभ्य र न्याय पूर्ण समाज निर्माणको लागि कार्य क्षेत्रमा प्रहरी कर्मचारीको पेशागत ज्ञान सीप र कौशलको विकास गरी कुशल र व्यवसायीक तवरबाट कार्य सम्पादन गराउने उद्देश्यका साथ ईलाका प्रहरी कार्यालय फपिङ मातहत सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई मानव अधिकार संरक्षण र संवर्द्धन एवंम् नागरिक मैत्री प्रहरी व्यवहार” सम्बन्धी अनुशिक्षण कक्षा संचालन गरिएको उनलेे बताए ।

उनले प्रहरीले दैनिक कार्य सम्पादनका क्रममा हुने मानव अधिकार हनन्का कुरामा सहभागीलाई जानकारी गराएका थिए। प्रहरी सबैको भरोसायोग्य संस्था हो भन्ने मान्याता स्थापित गर्नका लागि पनि मानव अधिकारको सम्मान गर्नु आवश्यक रहेको बताए ।

मानवअधिकारको संरक्षण र प्रवर्द्धन सम्बन्धी प्रशिक्षक/ प्रशिक्ष तालिम, प्रहरी कारवाही तथा मानव अधिकार तालिम, नागरिकमैत्री प्रहरी सेवा तथा मानवअधिकार विशेष तालिम, अधिकार संरक्षण र प्रवर्द्धनमा नेपाल प्रहरी लगायतका तालिम तथा अनुशिक्षण आयोजना गरी सम्बन्धित कर्मचारीहरूलाई प्रशिक्षण प्रदान गर्दै आएको छ ।


क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार, समाज, स्थानीय, फोटो समाचार


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
Fair
6:52 am5:39 pm +0545