सर्वोच्चको संवैधानिक विज्ञमा डा. रामकृष्ण तिमिल्सिना
काठमाडौं। डा. रामकृष्ण तिमिल्सिना सर्वोच्च अदालतको संवैधानिक इजलासको विज्ञको रुपमा नियुक्त हुनुभएकाे छ । संविधान र कानुनविद् मध्येबाट पहिलोपल्ट संवैधानिक इजलास विज्ञको रुपमा नियुक्त हुनुभएका डा. तिमिल्सिनाले माघ १ गतेबाट नै जिम्मेवारी सम्हाल्नुभएकाे छ ।
सर्वोच्चकै पूर्वरजिष्ट्रार तिमिल्सिनालाई प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाले अदालतको संवैधानिक इजलासको विज्ञको रुपमा नियुक्त गर्नुभएकाे हाे। संवैधानिक इजलास कार्य सञ्चालन नियमावलीमा संवैधानिक इजलासमा विज्ञ नियुक्तिको व्यवस्था छ। सोही व्यवस्था अनुसार प्रधानन्यायाधीश राणाले आवश्यक अध्ययन अनुसन्धान राय र परामर्शका लागि तिमिल्सिनालाई नियुक्त गर्नुभएकाे हाे ।
नेपालको संविधान २०७२ ले सर्वोच्च अदालतमा प्रधानन्यायाधीशको नेतृत्वमा पाँच सदस्यीय संवैधानिक इजलास गठनको व्यवस्था गरेको छ। तिमिल्सिनाले आफूले पाएको जिम्मेवारी इमान्दारितापूर्वक पूरा गर्ने बताउनुभएकाे छ ।
‘मेरो काँधमा महत्वपूर्ण जिम्मेवारी आएको छ। मेरो बुद्धि, विवेक र क्षमताले भ्याएसम्म संवैधानिक इजलासलाई रचनात्मक सहयोग पुर्याउने छु’, उहाँले भन्नुभयाे, ‘संवैधानिक इजलासको प्रभावकारिता बढाउन र न्यायमा छिटो पहुँचका लागि इमान्दारिपूर्वक काम गर्नेछु।’
डा. तिमिल्सिनाले सूचनाको हकमा विद्यावारिधी गर्नुभएकाे छ । डा. तिमिल्सिना ललितपुरकाे समानेपामा रहेकेा नेशनल ल कलेजका संस्थापक सञ्चालकसमेत हुनुहुन्छ ।
क्याटेगोरी : समाचार
ट्याग : #डा. रामकृष्ण तिमिल्सिना
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ४काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ५रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ६एकैदिन दुई पूर्वमन्त्री, वीरगञ्जका मेयरसँगै १४ जना वडाध्यक्षहरु एमालेमा प्रवेश
- ७चुनावको पूर्वसन्ध्यामा काठमाडौं–७ मा एमाले प्रवेशको लहर , बज्राचार्यसहित दर्जनौँ युवा प्रवेश
- ८पारदर्शिता, संरचना र सहकार्यको बाटोमा बर्दिवास उद्योग वाणिज्य संघको तीन वर्षे यात्रा






तपाईको कमेन्ट लेख्नुहोस्