Techie IT
मंगलबार, माघ २९,२०८१

तिहार नजिकिँदै जाँदा मखमली फूलको माला बनाउन भ्याई नभ्याई


काठमाडौँ । तिहार नजिकिँदै जाँदा कृषकहरुलाई मखमली फूलको माला बनाउन भ्याई नभ्याई भएको छ । तिहारको भाइटिकाको दिन लगाउने मखमली फुलको माला बनाउन कृषकहरु माला गास्नमा व्यस्त भएका हुन् ।

 

भक्तपुरको चाँगुनारायण र सूर्यविनायक नगरपालिकाका धेरै किसानहरुले एक रोपनी देखी पाचँ रोपनी सम्मको जग्गामा मखमली फुल लगाएका छन् । जग्गा भाडामा लिएर समेत केहि किसानहरुदले फूल खेती गर्ने गरेका छन् ।

 

तर, गत वर्ष भन्दा यस वर्ष मखमली मालाको मूल्यमा वृद्धि र बजार व्यवस्थापन हुन नसकेको कृषकहरुको गुनासो रहेको छ ।

 

तिहारको समयमा बजारमा सयपत्री र मखमली फूलको माग बढ्ने भएकाले सम्बन्धित निकायले यसरी व्यावसायीक फूलखेती गरेका किसानलाई प्राविधिक ज्ञान, सीप र तालिमको व्यवस्था गर्ने हो भने नेपाल फूलमा आत्मनिर्भर हुने देखिन्छ । नेपालमा मानिसको दैनिक जीवन, जन्मदेखि मृत्युसम्मका लागि आवश्यक करोडौं मूल्यबराबरको फूल विदेशबाट आयात हुने गरेको छ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #मखमली फूल


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
14°
Clear
6:42 am5:53 pm +0545