शिक्षा सुधारका लागि प्रधानाध्यापकको घुम्ती बैठक

गुल्मी, भदौ २० गते । गुल्मीको पश्चिमी ग्रामीण भेग अग्लुङ्गमा शिक्षामा सुधारसँगै गुणस्तर वृद्धिका लागि प्रधानाध्यापकको घुम्ती बैठक सञ्चालन गरिएको छ । मदाने गाउँपालिका–१, अग्लुङ्गभित्र रहेका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार्न वडा शिक्षा समितिले घुम्ती बैठक सञ्चालन गरेको हो ।
यसै शैक्षिकसत्रदेखि प्रत्येक महिना वडाभित्रका सबै विद्यालयका प्रधानाध्यापकको बैठक प्रत्येक महिना यहाँका फरक फरक विद्यालयमा वडाध्यक्षसमेतको उपस्थितिमा हुने गरेको छ । अग्लुङ्ग माध्यमिक विद्यालयका प्रधानाध्यापक भविलाल खत्रीले हालसम्म तीन वटा विद्यालयमा प्रधानाध्यापकको घुम्ती बैठक भइसकेको बताउनुभयो ।
एक विद्यालयले गरेका विभिन्न नयाँ अभ्यास तथा सिकाइ अन्य विद्यालयले पनि सिक्ने उद्देश्यसमेत राखेर वडा शिक्षा समितिले नयाँ कार्यक्रम ल्याएको हो । यहाँका विद्यालयमा हुने मासिक परीक्षालाई वडास्तरीय बनाइएको छ । सबै विद्यालयले शिक्षाको गुणस्तर सुधार्न विशेष जोड दिएको उहाँले बताउनुभयो । यहाँका विद्यालयमा हुने मासिक परीक्षालाई व्यवस्थित गर्न वडास्तरीय परीक्षा समितिसमेत गठन गरिएको छ । वडाध्यक्ष सुशील चन्दले विद्यालयबिच प्रतिस्पर्धा गराउनुका साथै पठनपाठनमा सबैलाई जागरुक बनाउन लागिएको हुँदा घुम्ती बैठकले विद्यार्थी तथा अभिभावकबाट आउने विभिन्न खालका गुनासाको अन्त्य हुने बताउनुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #शिक्षा सुधारका लागि प्रधानाध्यापकको घुम्ती बैठक
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्