राजपाका उपाध्यक्ष चौधरीको बोल्दा बोल्दै निधन
काठमाडौं, ५ असोज । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)का केन्द्रीय उपाध्यक्ष राजवंशी चौधरीको मञ्चको रोष्टममा बोल्दा बोल्दै निधन भएको छ ।
राजपा ललितपुर जिल्लाको अधिवेशन शनिबार सिद्धार्थ कटेज ललितपुरमा चलिरहेका बेला रोष्टममा बोल्दै गरेका चौधरीलाई हार्टअट्याक भएपछि ढलेका थिए ।
केन्द्रीय उपाध्यक्ष चौधरीको निधन भएपछि ललितपुर राजपाको अधिवेशन स्थगित भएको छ । कार्यक्रममा राजपाका नेता एवम् सांसद महेन्द्र राय यादव प्रमुख आतिथि रहेका थिए ।
चौधरीलाई तत्काल मेडिसिटी अस्पताल लगिएको थियो । अस्पतालले चौधरीलाई करीव तीन बजे मृत घोषणा गरेको राजपाका महासचिव केशव झाले जानकारी दिए ।
बारा जिल्ला निवासी चौधरीको शवलाई परिवारजनले आइतबार गृहजिल्लामा लगेर अन्तिम दाहासंस्कार गर्ने महासचिव झाले जानकारी दिए ।
चौधरीको पार्थिव शरीरलाई अस्पतालमै पुगेर राजपा नेपालका नेताहरूले श्रद्धाञ्जलि दिनुका साथै परिवारजनलाई सहानुभूति दिएका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #राजपा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ४काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ५रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ६चुनावको पूर्वसन्ध्यामा काठमाडौं–७ मा एमाले प्रवेशको लहर , बज्राचार्यसहित दर्जनौँ युवा प्रवेश
- ७एकैदिन दुई पूर्वमन्त्री, वीरगञ्जका मेयरसँगै १४ जना वडाध्यक्षहरु एमालेमा प्रवेश
- ८पारदर्शिता, संरचना र सहकार्यको बाटोमा बर्दिवास उद्योग वाणिज्य संघको तीन वर्षे यात्रा






तपाईको कमेन्ट लेख्नुहोस्