Techie IT
बिहीबार, फागुन १,२०८१

गौरादह नगरपालिकामा बम विष्फोट, शङ्कास्पद दुई पक्राउ


झापा । झापाको गौरादह नगरपालिकामा अज्ञात समूहले आइतबार राति बम विष्फोट गराएको छ । विफोष्टका कारण प्रमुख प्रशासकीय अधिकृत सागर मिश्रले प्रयोग गर्दै आएको  गाडी पूर्णरुपमा क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

 

प्रहरी नायब उपरीक्षक श्रेष्ठका अनुसार राति १२ः३० बजे अज्ञात समूहले बम विष्फोट गराउँदा मिश्रले प्रयोग गर्दै आएको बा २ झ २५७० नम्बरको बोलेरो गाडी पूर्णरुपमा क्षति भएको हो ।  कार्यालयभित्र समेत अन्य शङ्कास्पद वस्तु हुनसक्ने भन्दै चारआलीस्थित नेपाली सेनाको श्री नयाँ श्रीनाथ गणबाट बम डिस्पोजल टोली बोलाएको बताइएको छ ।

 

यता बिर्तामोड नगरपालिका–२ मा रहेको सहारा नेपाल सहकारी संस्थाको नवनिर्मित भवनमा राति नै बम विष्फोट भएको छ । सहकारीको मूल गेटमा शक्तिशाली बम विष्फोट गराइएका कारण सहकारीको गेट, गाड रुम, सहकारीको भवनमा प्रयोग गरिएको सिसा फुटेको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायब उपरीक्षक मोहन थापाले जानकारी दिए ।

 


क्याटेगोरी : समाचार
ट्याग : #बम विष्फोट


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
13°
Fair
6:41 am5:54 pm +0545