खाली जग्गामा लोपोन्मुख बिरुवा रोपण
उर्लाबारी, साउन १६ गते । मोरङको कानेपाखरी –७ स्थित ग्रामीण सुधार सामुदायिक वन उपभोक्ता समूहले मङ्गलबार जङ्गलबाट लोपोन्मुख हुँदैगएका बिरुवा रोपेको छ । सामुदायिक वनको भवन उत्तरको खाली जग्गामा सामुदायिक वनले वृक्षरोपण गरेको हो ।
मङ्गलबार औपचारिक रुपमा उद्घाटन भएको बिरुवा रोपण कार्यक्रम एक सातासम्म सञ्चालन हुनेछ । वनका अध्यक्ष देवेन्द्र थापाले डेढ हेक्टर खाली जग्गामा २ हजार ४ सय बिरुवा रोपिने बताउनुभयो । स्थानीय लोपोन्मुख रैथाने प्रजातिका बिरुवा हुर्काउने अभियान अन्तर्गत वृक्षरोपण गर्न लागिएको वनका अध्यक्ष देवेन्द्र थापाले बताउनुभयो ।
काठ उत्पादन गर्नेभन्दा पनि जङ्गली जनावरमैत्री वन बनाउने अभियान अन्तर्गत बिरुवा रोपिएको थापाको भनाइ छ । उहाँका अनुसार फडिर, जामुन, कुसुम, केरा, कटहर, आँप, बडहरलगायतका बिरुवा रोपिएको छ ।
कानेपोखरी सवडिभिजन वन कार्यालयका प्रमुख सहायक वन अधिकृत अल्लाउद्दिन अन्सारीले वृक्ष रोपण कार्यक्रममा बिरुवा राप्नेभन्दा हुर्काउने चुनौती बढेको बताउनुभयो । जङ्गलमा नभएका लोपोन्मुख प्रजातिका बिरुवा हुर्काउन सके वन जङ्गली जनावरमैत्री बन्न सक्ने उहाँको भनाइ छ ।
दाउराका कारण घाँसका कारण कुसुम, फडिर, वन केरा, आँप, कुम्भीलगायतका वनस्पति मासिएको उहाँले बताउनुभयो । जङ्गलमा मानव अतिक्रमण बढेकाले बाँदर लगायतका जङ्गली जनावर बस्ती पसेको बताउँदै उहाँले जङ्गली जनावरले जङ्गलमा खानेकुरा पाए भने बस्तीमा नपस्ने बताउनुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #खाली जग्गामा लोपोन्मुख बिरुवा रोपण
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति






तपाईको कमेन्ट लेख्नुहोस्