संसद् भवन निर्माण ढिला भएकोप्रति असन्तुष्टि
काठमाडौँ, साउन १६ गते । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सिंहदरबारस्थित सङ्घीय संसद् भवन निर्माणप्रति असन्तुष्टि व्यक्त गर्नुभएको छ । निर्माणाधीन भवन अनुगमनका लागि जानुभएका उहाँले थपिएको समयभित्र निर्माण सम्पन्न हुने गरी निर्माण कम्पनीले काम नगरेपछि असन्तुष्टि व्यक्त गर्नुभएको हो ।
उहाँले सबै सम्भावना प्रयोग गरेर भए पनि थपिएको समयसीमाभित्र सो भवन निर्माण सम्पन्न गर्न पनि निर्माण कम्पनीलाई निर्देशन दिनुभयो । पछिल्लो पटक थपिएको समय अब नौ महिना बाँकी रहेकाले त्यसमा सम्पन्न हुने गरी कामलाई तीव्रता दिन पनि उपप्रधानमन्त्री सिंहले निर्माण कम्पनीलाई सचेत गराउनुभयो ।
उहाँले समयमै काम सम्पन्न हुने गरी दैनिक तीन सिफ्टमा काम गर्न आफूहरूले निर्माण कम्पनीलाई घचघच्याइने काम गरिरहेको बताउनुभयो । बाँकी भएको कामलाई ठेक्काको समयभित्रै सक्न काममा ढिलासुस्ती भएकाले त्यसलाई घचघच्याउनका लागि पनि आफूहरूले काम गरिरहेको उहाँको भनाइ थियो ।
सहरी विकास मन्त्रालयले सो काम छिटो सम्पन्न गर्नका लागि कामदारको सङ्ख्या दोब्बर बनाउन पनि निर्माण कम्पनीलाई दबाब दिँदै आएको छ । तर ठेकदार कम्पनीले सो अनुसार काम नगरेको मन्त्रालयका सचिव मणिराम गेलालले बताउनुभयो । उहाँका अनुसार आगामी नौ महिनाभित्र अथवा आगामी चैत १८ गतेसम्मका सो भवनको निर्माण सम्पन्न गरिसक्ने पछिल्लो सम्झौता छ । त्यस अवधिभित्र सम्पन्न हुने गरी काम गर्न निर्माण कम्पनीलाई सहरी विकास मन्त्रालयले दबाब दिँदै आएको छ । २०७६ साल असोज १६ गते करिब छ अर्ब ३० करोड रुपियाँ लागतमा तीन वर्षभित्र सम्पन्न गरिसक्ने सम्झौतासहित सुरु भएको सो भवन निर्माण कोभिडका कारण केही समयपछि धकेलिएको सहरी विकास मन्त्रालयले जनाएको छ ।
बाँकी भने थपिएको समयभित्र सो कार्यसम्पन्न गराउन निर्माण कम्पनीलाई निरन्तर दबाब दिने काम भइरहेको मन्त्रालयका सचिव गेलालले बताउनुभयो ।
यसअघि सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले सो भवन निर्माण छिटो सक्ने गरी आवश्यक सहजीकरण गर्न सरकारलाई सचेत गराउँदै आउनुभएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #संसद् भवन निर्माण ढिला भएकोप्रति असन्तुष्टि
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्