शिक्षण अस्पतालमा दुर्घटनामा आफन्त गुमाएकाको भिड

काठमाडौँ, साउन ९ गते । सौर्य एयरको जहाज दुर्घटनाबाट मृत्यु भएका १८ जनाको शवको पोस्टमार्टम त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा सुरु भएको छ । फरेन्सिक मेडिसिन विभागका प्रमुख डा. गोपाल चौधरीले मृत्यु भएकाको पोस्टमार्टम भइरहेको जानकारी दिनुभयो ।
अस्पतालमा मृतक आफन्तको पोस्टमार्टम सुरु भएपछि आफन्तको भिड लागेको छ ।
पोस्टमार्टमको लागि पाटन अस्पताल, भक्तपुर लगायत सबै ठाउँबाट फरेन्सिक विज्ञ बोलाएर काम भइरहेको डा. चौधरीले बताउनुभयो ।
सबै शवको पोस्टमार्टम गरेर रिपोर्ट तयार गरेर आफन्तलाई शव जिम्मा लगाउन तीन दिन समय लाग्न सक्ने उहाँको भनाइ छ । आफन्त भने शव पहिचानका लागि आतुर हुँदै पीडाका साथ अस्पताल परिसरमा पुगेका हुन् ।
बुधबार बिहान ११ बजेर ११ मिनेट जाँदा त्रिभुवन विमानस्थलबाट पोखरा जान लागेको सौर्य एयरको जहाज दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको हो। विमानका पाइलत भने घाइते हुनुभएको छ । घाइते पाइलटको सिनामंगलस्थित केएमसी शिक्षण अस्पतालमा उपचार भइरहेको छ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #शिक्षण अस्पतालमा दुर्घटनामा आफन्त गुमाएकाको भिड
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्