लुम्बिनी प्रदेश : पछिल्लो १० महिनाको अवधिमा सवारी दुर्घटनाबाट चार सय १६ जनाको मृत्यु
लुम्बिनी प्रदेशमा १० महिनाको अवधिमा सवारी दुर्घटनाबाट चार सय १६ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी ८ सय ७१ जना गम्भीर घाइते भएका छन् भने ५ सय ६४ जना सामान्य घाइते भएका छन् । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यवस्थापन कार्यालय बुटवलका अनुसार आर्थिक वर्ष २०८०/०८१ को श्रावणदेखी बैशाख मसान्तसम्ममा प्रदेशका १२ जिल्लामा १ हजार ३ सय ०५ सवारी दुर्घटना भएका थिए ।
उक्त दुर्घटनामा परी सबै भन्दा बढी दाङ जिल्लामा ८७ जनाले ज्यान गुमाएका छन् । रुपन्देही जिल्लामा ८६, कपिलवस्तुमा ६२, बाँकेमा ६०, पाल्पामा ३२, नवलपरासी पश्चिममा २८, बर्दियामा २३, अर्घाखाँचीमा ११, प्युठान र रोल्पामा १०/१०, गुल्मीमा ६ जनाले ज्यान गुमाउदा पुर्वी रुकुममा भने सबैभन्दा कम एक जनाले मात्रै ज्यान गुमाए ।
त्यस्तै, दुर्घटनामा ६ सय १२ जना पुरुष गम्भीर घाइते भए भने १ सय ७२ जना महिला र ६२ जना बालक, २५ जना बालिका रहेकी छिन् । प्रहरीका अनुसार दुर्घटनामा सबैभन्दा बढी घाइते हुनेमा दाङ जिल्ला रहेको देखिन्छ । त्यहाँ २ सय २१ जना घाइते हुँदा सबैभन्दा कम पुर्वी रुकुम र गुल्मीमा ९-९ जना घाइते भएका छन् ।
यस्तै, पछिल्लो तीन महिनाको तथ्याङ्क हेर्दा लुम्बिनीमा सरदर ९० दिनमा १५२ जनाले ज्यान गुमाएका छन् । जुन अघिल्लो तीन महिनाको भन्दा बढी हो । अघिल्लो मंसिर देखी माघ मसान्तसम्ममा १४८ जनाले ज्यान गुमाउदा फागुनदेखी बैशाख मसान्तसम्म १५२ जनाले ज्यान गुमाएका छन् । त्यस्तै, घाइतेको संख्या भने घटेको देखिन्छ ।
अघिल्लो मंसिरदेखी माघ मसान्त सम्ममा २८३ जना घाइते हुँदा फागुनदेखी बैशाख मसान्तसम्ममा २४२ जना घाइते भएको देखिन्छ । दुर्घटनामा ज्यान गुमाएका र घाइतेका परिवारले त्यसपछि भोग्नुपर्ने मानसिक र आर्थिक समस्यालाई केलाउने हो भने स्थिति झन भयावह छ ।
ट्राफिक प्रहरी, सवारी चालक एवं बस व्यवसायीहरूको चेपुवामा यात्रुहरूले बर्षेनी ज्यान गुमाइरहँदा सरोकारवाला निकाय भने एक अर्कालाई दोषारोपण गराइरहेका छन् । ट्राफिक प्रहरीले चालक, सडकको अवस्था एवं सवारीको स्थितिलाई देखाउँदै यिनलाई दुर्घटनाको कारक बताइरहेको छ । बस व्यवसायीहरूले भने ट्राफिक प्रहरीले दुर्घटनाका नाममा अनावश्यक चेकजाँच गरी मानसिक तनाव दिएको बताउँछन् ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका प्रमुख प्रहरी उपरीक्षक स्याम बहादुर खत्रीले प्रारम्भिक अनुसन्धानमा चालककै लापरबाहीका कारण बढी दुर्घटना हुने गरेको बताउँछन् । हालको घटनामा चालकको लापरबाही देखिए पनि दुर्घटना अन्य कारणले पनि प्रभाव पार्ने गरेको उनी बताउँछन् ।
मुख्यतयाः चालक तथा यात्रुले ट्राफिक नियमको पालना नगर्नु, सडकको अवस्था, सवारी साधनको अवस्था, मापसे, चालकहरू पेसाप्रति जबाफदेही नहुनु, भौगोलिक विकटता, अत्यधिक सवारी चापलगायत कारण लुम्बिनी प्रदेशका दुर्घटनाका मुख्य समस्याका रूपमा रहेका छन् । प्रहरी उपरीक्षक खत्रीले दुर्घटना न्यूनीकरणमा ट्राफिक प्रहरीसँग सीमित स्रोत साधन रहेको बताए ।
अहिलेसम्म हामीसंग लुम्बिनी प्रदेशभर राडर गन मात्रै छ । उनलेे भने, बाँके र लुम्बिनीमा राडरगन छ । बर्दियामा बाँके जिल्लाबाट मागेर आलोपालो चलाउने गरिरहेका छन् । राडर गन बर्दियामा नरहेको हुँदा बाँके ट्राफिकसंग समन्वय गर्ने गरेको उनलेे बताए । साथै, उनलेे ट्राफिक व्यवस्थापन प्रविधिमैत्री र डिजिटाइलेजेसन गर्न आवश्यक रहेको बताए ।
अहिले ट्राफिक प्रहरीमा यी दैवको खाँचो छ । उनले भने, ‘हामीले पर्याप्त कारबाही गरेका छौँ, प्रहरीले सचेतनासँगै सजाय गरे पनि त्यो पर्याप्त हुन सकेको छैन ।’ ट्राफिक प्रहरी प्रविधि र उपकरणमा कमजोर रहेको र यसका लागि स्थानीय निकायहरूसँग पटकपटक अनुरोध गरे पनि त्यो सफल हुन नसकेको उनको भनाइ छ । सडक दुर्घटना कम गर्न ट्राफिक प्रहरी मात्र नभई सबै पक्ष उत्तिकै जिम्मेवार हुनुपर्ने एसपी खत्रीको थप भनाइ थियो ।
सवारी, सडक, यात्रु र प्रहरीको फितलो अनुगमनका कारण दुर्घटना भएका छन् । यसले चालकहरू लापरवाही हुने र एउटै व्यक्ति वा साधन पटक पटक दुर्घटना हुने गरेका छन् । सवारी दुर्घटनालाई भयावह हुन नदिन चालकलाई जिम्मेवार र सचेत बनाउने अभियान जरुरी छ । राज्यले चालकसँगै ट्राफिक प्रहरी, सडक तथा यातायात कार्यालय, र यातायात व्यवसायी पाँचै पक्षलाई जिम्मेवार बनाउन सवारी र सडक अनुगमन र व्यवस्थापन पनि चुस्त बनाउनुपर्ने एसपी खत्रीको थप भनाइ थियो । दुर्घटनाको विश्लेषण अनुसार करिब ९३.४२ प्रतिशत दुर्घटना चालकको लापरबाहीका कारण भएका छन् ।
पहाडी जिल्लाहरूमा तुलनात्मकता रूपमा कम दुर्घटना भएको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका प्रमुख एसपी स्याम बहादुर खत्री बताउँछन् । सवारी दुर्घटना हरेक वर्ष बढ्दै गए पनि आर्थिक वर्षमा भने तुलनात्मक रुपमा कम भएका थिए ।
प्रहरीको तथ्याङ्क हेर्दा लुम्बिनी प्रदेशमा एक दिनमा औसतमा ४ वटाभन्दा धेरै सवारी दुर्घटना हुने गरेका छन् भने हरेक दिन कम्तीमा एक जनाले ज्यान गुमाउँन्छन् । सडक संजाल राम्रो बनाएर दुर्घटनाविरुद्धका अभियानमा नागरिक सहभागिता बढाएको खण्डमा सवारी दुर्घटना कम हुन सक्ने एसपी स्याम बहादुर खत्री बताउँछन् । सवारी दुर्घटना रोक्न प्रहरीले दिनहुँजसो सचेतना अभियान चलाएको छ । तर, सवारी दुर्घटना कम हुनुको साटो बढ्दै गएका छन् ।
उता, दुर्घटना कुनै एक विशिष्ट एक कारणले हुने नभई यसमा धेरै तत्वले प्रभाव पारिरहेको बस व्यवसायीहरूको भनाइ छ । सबै घटनामा चालकलाई मात्र दोषारोपण गरे उम्किन नमिल्ने बस व्यवसायी बताउँछन् । चालकलाई सबै भन्दा बढी काम भार थपिएको बताउने चालकले बस चलाउनमा ध्यान दिनुपर्नेमा यात्रु देखि अन्य कुराहरूमा व्यस्त हुने गरेको र ‘यस्तोमा दुर्घटना न्यूनीकरण भन्दा पनि यात्रु कसरी बढाउने र कसरी रकम कमाउनेमै ध्यान जाने गरेको आरोप लगाउने गरेको छ ।’ बस ब्यवसायीको आरोपलाई भने एसपी खत्री ठाडै अस्वीकार गर्छन् ।
राजर्श्व घट्दै ः तीन महिनामा चार करोड ५४ लाख मात्रै
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, बुटवलले लुम्बिनी प्रदेशका १२ वटा जिल्लामा पछिल्ला तीन महिनामा फागुनदेखि बैशाख मसान्तसम्ममा ट्राफिक नियम विपरीत सवारी चलाउनेलाई कारवाही गरी ४ करोड १२ लाख ९२ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ । जुन अघिल्लो तीन महिनाको भन्दा कम हो ।
अघिल्लो तीन महिनाको मंसिर महिनादेखि माघ मसान्तसम्ममा ४ करोड ५४ लाख १८ हजार रुपैयाँ राजर्श्व संकलन भएको थियो । ट्राफिक भ्वाइलेन्स रेकर्ड सिस्टम लागू भएपछि राजर्श्व घटेको एसपी खत्रीको दाबी थियो । उनका अनुसार गत, श्रावण महिना देखी रुपन्देही, दाङ, बाँकेमा ट्राफिक भ्वाइलेन्स रेकर्ड सिस्टम लागू भएपछि राजर्श्व संकलन घटेको बताए । साथै, उनलेे आफू आएदेखी कपिलवस्तु, नवलपरासी र बर्दियामा उक्त रेकर्ड सिस्टम राखिएको बताए ।
मोटरसाइकल धेरै दुर्घटना: १० महिनामा ७५२
लुम्बिनी प्रदेशमा सबैभन्दा धेरै मोटरसाइकल दुर्घटना भएका छन् । दस महिनामा ७५२ वटा मोटरसाइकल दुर्घटनामा पर्दा ११२ वटा जिप/कार, ९३ वटा बस, ९६ साना सवारी साधन, ६४ वटा ट्रक/ट्याङ्कर दुर्घटना भएका छन् । ६६ वटा ट्याक्टर, २५ माइक्रो, ७ वटा स्क्राभेटर, ४७ टेम्पो, ३३ ट्रीपर, अन्य १० सवारी गरी २९० दुर्घटना भएका छन् । त्यस्मा सबैभन्दा बढी रुपन्देही जिल्लामा २९० दुर्घटना हुँदा सबैभन्दा कम पुर्वी रुकुममा ८ वटा मात्रै सवारी दुर्घटना भएका छन् ।
रुपन्देहीमा भएको दुर्घटनामा मात्रै १९१ वटा मोटरसाइकल परेको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार खाली, फराकिलो र सुविधा सम्पन्न सडकमा सामान्य गतिमा गुडिरहेको मोटरसाइकल लाई तीव्र गतिमा हुइँकिएको सवारीले ठक्कर दिने गरेका घटनाहरू धेरै छन् । टिप्पर, ट्रक र बसले पछाडिबाट हानेर धेरै मोटरसाइकल दुर्घटनामा परेका छन् । यस्तै कम उमेर युवाहरूले मोटरसाइकल तीव्र गतिमा हाँक्दा पनि दुर्घटना भएका छन् ।
राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका प्रमुख एसपी स्याम बहादुर खत्रीले सवारी दुर्घटनाका विभिन्न कारणहरू रहे पनि अधिकांश सवारी दुर्घटना चालककै लापरबाहीले भएको प्रहरी अनुसन्धानले देखाएको बताए । उनका अनुसार ‘तीव्र गति, गलत दिसाबाट आएर ओभरटेक गर्ने, ट्राफिक नियम उल्लङ्घन, मापसेजस्ता चालक लापरबाहीले दुर्घटना धेरै भएको बताए । कतिपय अवस्था सडकको कारणले पनि दुर्घटना भएका छन् । स्तरहीन सडक, छाडा चौपाया, जथाभाबी पार्किङ आदिले पनि दुर्घटनाको जोखिम बढाएको उनले बताए ।
क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार, समाज, स्थानीय
धेरै पढिएका
- १शिवपुरी जंगलमा गाडिएको अवस्थामा किशोरीको शव फेला
- २एमाले काठमाडौ जिल्ला कमिटिले तोक्यो बिभिन्न बिभाग पालिकाको जिम्मेवारी हेर्नुहोस कसलाई के के ? ( सूचिसहित )
- ३टोखाको मालुङ्ग प्लटीङ्गमा कपडामा पोको पारेर बेवारिसे अवस्थामा नवजात शिशु फेला
- ४मृत्युमार्ग जस्ता नेपालटार डाँडागाउँ सडक : जनजीविकासँग जोडिएको मुख्य सडक अलपत्र छोडेर गेट बनाउन ५२ लाखको ठेक्का
- ५नेकपा एसका काठमाडौं जिल्ला उपाध्यक्ष र सचिवसहित थुप्रै नेताहरुद्वारा पार्टी परित्याग , आज एमालेमै फर्कीए ( हेनुहोस सूची )
- ६काभ्रेस्थली थुम्कीका गोपाल अधिकारी हराए , खोजी कार्यमा सहयोग गर्ने सबैमा अनुरोध
- ७मेयर बालेन साहले प्रशासकीय अधिकृतलाई कार्यालय प्रवेशमा रोके
- ८कान्ति अस्पतालको दर्दनाक घटना, यतिसम्म हुन्छ लापरबाही !
तपाईको कमेन्ट लेख्नुहोस्