पूर्व सिडियो पौडेलको आफ्नै भुमी आफ्नै अनुभव कृति लोकार्पण
काठमाडौं, १७ श्रावण – पूर्व प्रमुख जिल्ला अधिकारी धन प्रसाद शर्मा पौडेलको संस्मरणात्मक कृति आफ्नै भुमी आफ्नै अनुभव लोकार्पण भएको छ । शुक्रवार प्र ज्ञा भवनमा आयोजित एक समारोह माझ सभामुख कृष्ण बहादुर महराले उक्त कृतिको लोकार्पण गरे ।
आफ्नै भुमी आफ्नै अनुभवको लोकार्पण पस्चात प्रमुख अतिथीको आसनबाट कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा सभामुख महराले लेखक आफ्नो सहपाठी रहेको स्मरण गर्दै उनी एक देशभक्त राष्ट्रसेवक रहेको बताए ।

कृतिका लेखक धन प्रसाद शर्मा पौडेलले आफूले देखे भोगेका कुरालाई आत्मकथाका रुपमा पाठक माझ प्रस्तुत गर्न पाउदा निकै खुशी लागेको बताउदै कृतिमा प्रशासन तथा ग्रामिण भेगको कुरा र आफ्नो निजी जिवनका बारेमा शब्दहरु कोरिएको बताए ।
कार्यक्रममा पत्रकार तथा साहित्यकार प्रमोध प्रधान र समालोचक ज्ञानु अधिकारीले आफ्नै भुमी आफ्नै अनुभव नेपाली साहित्य फाटका लागि एक राष्ट्रसेवक कर्मचारी एबम देशभक्त नागरिकको अनुपम उपहार रहेको औंल्याएका थिए ।
कार्यक्रममा नेपाल महिला चेम्बरका अध्यछे तथा साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडकी प्रमुख कार्यकारी अधिक्रित उर्मिला श्रेष्ठ, नागार्जून नगरपालिकाकी उपमेयर सुशिला अधिकारी, पूर्व प्रशासक लगायतको बाक्लो उपस्थिती रहेको थियो । उक्त कृति बि एन पुस्तक संसारले प्रकाशन गरेको हो ।
क्याटेगोरी : समाचार
ट्याग : #धन प्रसाद शर्मा पौडेल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ४काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ५रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ६चुनावको पूर्वसन्ध्यामा काठमाडौं–७ मा एमाले प्रवेशको लहर , बज्राचार्यसहित दर्जनौँ युवा प्रवेश
- ७एकैदिन दुई पूर्वमन्त्री, वीरगञ्जका मेयरसँगै १४ जना वडाध्यक्षहरु एमालेमा प्रवेश
- ८पारदर्शिता, संरचना र सहकार्यको बाटोमा बर्दिवास उद्योग वाणिज्य संघको तीन वर्षे यात्रा






तपाईको कमेन्ट लेख्नुहोस्