कपिलवस्तु ट्राफिक प्रहरीको सक्रियता : ९ महिनामै दुई करोड ४ लाख राजर्श्व संकलन
कपिलवस्तु । जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुले आफ्नो सक्रियता बढाएको छ। प्रहरी निरीक्षक अनिश भण्डारीले कार्यभार सम्हालेको ९ महिनाको अवधिमा नियम विपरीत चलेका झन्डै २८ हजार ६ सय ७६ सवारीसाधनलाई कारबाही गर्दा २ करोड चार लाख ६७ हजार पाँच सय रुपैयाँ भन्दा बढी राजश्व सङ्कलन भएको छ । जुन अघिल्लो बर्षको भन्दा दोब्बर हो ।
कारबाहीमा पर्ने सबैभन्दा बढी ट्रकको संख्या १५ हजार ९४७ रहेको छ भने, मोटरसाइकलको संख्या ४ हजार ३४६ रहेको छ। त्यस्तै, २ सय ८० ट्याम्पो, ५ हजार ९ सय ४२ कार जिप, ५६८ ट्याक्टर तथा १३९३ यात्रुवाहक बस तथा अन्य दुई सय सवारीसाधनलाई कारबाही गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख भण्डारीले जानकारी दिए । उक्त कारबाहीबाट साउन देखी हालसम्म कुल २ करोड चार लाख ६७ हजार ५०० रुपैयाँ राजश्व सङ्कलन भएको प्रहरी निरीक्षक भण्डारीले जानकारी दिए ।
त्यस्तै, साउन देखि हालसम्म नौ महिनाको अवधिमा कपिलवस्तुमा एक सय ४५ वटा सवारी दुर्घटना भएको छ । उक्त दुर्घटनामा ४१ जना पुरुष, ११ महिला तथा ७ जना बालबालिका गरी ५९ जनाको मृत्यु भएको छ। सोही दुर्घटनामा परेर ८१ जना पुरुष , २३ महिला, २३ बालक तथा ७ बालिका गरी १ सय ३४ जना गम्भीर घाइते भएका थिए । त्यस्तै, सोही दुर्घटनामा परी ५८ जना पुरुष, १४ जना महिला, चार बालक र चार बालिका गरी ८० घाइते भएका थिए ।
ती सवारी दुर्घटना न्यूनीकरण गर्न ट्राफिक प्रहरीले प्रभावकारी रूपमा काम गरेको प्रहरी निरीक्षक भण्डारी बताउँछन् । उनका अनुसार सवारी दुर्घटना न्यूनीकरण गर्न १९४ पटक सामुदायिक विद्यालयमा ट्राफिक नियम बारे प्रशिक्षण गर्नेदेखि २४८ पटक सडकमा चालक र सह चालकलाइ ट्राफिक ज्ञान, ९२३ पटक पर्चा पम्पलेट वितरण गरी सर्वसाधारणलाई ट्राफिक नियम बारे सचेतना तथा दुर्घटना बाट जोगाउन प्रशिक्षण दिने, ३५९ पटक चालक यात्रु मैत्री कार्यक्रम गरिएको जनाएको छ। प्रहरीका अनुसार यो आर्थिक बर्ष लागेयता अघिल्लो आर्थिक बर्षको भन्दा दोब्बर हो ।
यस अघि कुल १ हजार दुई सय तीस पटक जनचेतनामूलक कार्यक्रम सञ्चालन भइरहदा यसपटक एक हजार ८ सय ११ पटक जनचेतनामूलक कार्यक्रम भएको प्रहरी निरीक्षक भण्डारी बताउँछन् । ट्राफिक प्रहरी अहिले जिल्लाको १० वटै स्थानीय तहमा बढ्दो सवारीसाधनको चाप लाई मध्यनजर गर्दै सुरक्षाको दृष्टिकोणले परिचालन गरिएको भण्डारीको भनाइ छ ।
सवारी चालकसंग पाँच मिनेट कार्यक्रम
त्यस्तै, प्रहरीले पुर्व पश्चिम राजमार्गमा सवारी दुर्घटना बढ्दै गए पछि दुर्घटना न्यूनीकरण गर्नका लागी जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुले बिहीबारदेखि ‘चालकसँग पाँच मिनेट’ कार्यक्रम सञ्चालन गरेको छ । बर्सेनि सवारी दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या बढ्दै गएपछि प्रहरीले साना तथा ठूला सवारीका चालकलाई उक्त कार्यक्रम राखिएको प्रहरी निरीक्षक अनिश भण्डारीले जानकारी दिए ।
कार्यक्रम अन्तर्गत दैनिक दुर्घटना न्यूनीकरणका लागि गर्नुपर्ने सावधानीका साथै दुर्घटना भइहाले गर्ने प्राथमिक उपचार लगायतका कामबारे जानकारी गराईएको थियो। पुर्व पश्चिम राजमार्ग अन्तर्गत तौलिहवा बजारमा सुरु गरिएको उक्त कार्यक्रम जिल्ला अन्तर्गतका अन्य राजमार्ग एवं सहायक मार्गमा सञ्चालन गर्दै जाने ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक भण्डारीले जानकारी दिए । तीव्र गति, बढी आत्मविश्वास तथा अस्वाभाविक रूपमा उछिन्न खोज्नाले र चालक अनिदो हुँदा दुर्घटना हुने गरेको भण्डारीले जानकारी दिए ।
नेपाल जनसाङ्ख्यिक स्वास्थ्य सर्वेक्षणले दुर्घटनामध्ये ६८ प्रतिशत मोटरसाइकल दुर्घटनामा पर्ने देखाएको छ । प्रहरी निरीक्षक भण्डारीले दुर्घटनापछिका समस्या, दुर्घटना हुने कारण, सवारी चालक अनुमतिपत्र, सवारी चलाउँदा मादक पदार्थ र लागुपदार्थ सेवन नगर्न तथा सिकेका कुरा घरपरिवार र समुदायमा सचेत गर्न चालक संग अनुरोध गरेका छन् ।
क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार, समाज, स्थानीय
धेरै पढिएका
- १शिवपुरी जंगलमा गाडिएको अवस्थामा किशोरीको शव फेला
- २एमाले काठमाडौ जिल्ला कमिटिले तोक्यो बिभिन्न बिभाग पालिकाको जिम्मेवारी हेर्नुहोस कसलाई के के ? ( सूचिसहित )
- ३टोखाको मालुङ्ग प्लटीङ्गमा कपडामा पोको पारेर बेवारिसे अवस्थामा नवजात शिशु फेला
- ४मृत्युमार्ग जस्ता नेपालटार डाँडागाउँ सडक : जनजीविकासँग जोडिएको मुख्य सडक अलपत्र छोडेर गेट बनाउन ५२ लाखको ठेक्का
- ५नेकपा एसका काठमाडौं जिल्ला उपाध्यक्ष र सचिवसहित थुप्रै नेताहरुद्वारा पार्टी परित्याग , आज एमालेमै फर्कीए ( हेनुहोस सूची )
- ६काभ्रेस्थली थुम्कीका गोपाल अधिकारी हराए , खोजी कार्यमा सहयोग गर्ने सबैमा अनुरोध
- ७मेयर बालेन साहले प्रशासकीय अधिकृतलाई कार्यालय प्रवेशमा रोके
- ८कान्ति अस्पतालको दर्दनाक घटना, यतिसम्म हुन्छ लापरबाही !
तपाईको कमेन्ट लेख्नुहोस्