२३ किलो चरेशसहित एक पक्राउ

बर्दिया, वैशाख ४ गते । सशस्त्र प्रहरीले बर्दियाको सीमा इलाकाबाट करिब २३ किलो चरेशसहित एक जनालाई नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी नयाब उपरीक्षक एवम् सहायक प्रवक्ता शैलेन्द्र थापाका अनुसार पक्राउ पर्नेमा रुकुम पश्चिमको सानोभेरी गाउँपालिका–५ स्थायी वतन भएका वर्ष ३४ का बमबहादुर पुन छन् ।
मङ्गलबार बिहान ३ः४५ बजे बर्दिया जिल्लाको बढैयाताल गाउँपालिका–२ फुटाहास्थित सीमा इलाकामा शङ्कास्पद हर्कत गरिरहेका पुनलाई शङ्का लागी चेकजाँच गर्दा उनको साथमा रहेको दुई वटा झोलाबाट प्लास्टिकले बेरेको ३९ वटा प्याकेटमा रहेको करिब २३ किलो लागू औषध चरेश सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट (बिओपी) फुटाहा बर्दियाले बरामद गरेको हो ।
पुन उक्त समानसहित नेपालबाट भारततर्फ जान लाग्दा पक्राउ परेका हुन् । पुनलाई बरामद सामानसहित थप अनुसन्धानका लागि सम्बन्धित निकायमा बुझाइएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #२३ किलो चरेशसहित एक पक्राउ
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्