ओढारबाट भेटियो १२ किलो सुन
गोरखा । गोरखामा ओढारमा लुकाएर राखेको १२ किलोग्राम सुन भेटिएको छ । गोरखाको धार्चे गाउँपालिका –३ खोर्लाबेशीमा ओढारमा लुकाएर राखेको सुन प्रहरीले बरामद गरेको हो । बिहीबार प्रहरीले चुमनुब्री गाउँपालिका हुल्चुकका ब्यापारी धनकमल गुरुङले ओढारमा ढुंगामुनि लुकाएर राखेको १२ ढिक्का सुन बरामद गरेको हो ।
गोरखाका प्रहरी प्रमुख एसपी ओम अधिकारीले ओढारमा लुकाएको सुन बरामद भएको तर त्यसको परिमाण यकीन हुननसकेको बताए ।
उनले भने, ‘यति नै किलो छ भनेर अहिले भन्न सकिदैन, मान्छे समातेर ल्याउदै छौं, थप कुरा अनुसन्धान पछि थाहा हुनेछ ।’ यसअघि काठमाडौंमा पक्राउ परेका ब्यापारी धनकमललाई पक्राउ गरेर ओढारमा ल्याएपछि उनले सुन लुकाएको ठाउँ देखाएका थिए । प्रहरीका अनुसार ओढारमा ढुंगामुनि झोलाभित्र हाते रुमालले बेरिएको, त्यसभित्र दुई वटा प्लास्टिकले ढाकिएको र त्यसभित्र बोरामा सुन राखिएको थियो । सुन दुईवटा झोलामा थियो ।
असार ११ गते राति खच्चडलाई सुन बोकाएर गोरखाको उत्तरी सीमानाबाट धार्चे गाउँपालिकाको माछाखोलातर्फ आउँदै गर्दा लुटेरा समूहले आक्रमण गरेको थियो । त्यसपछि धनकमल सम्पर्कविहीन भएका थिए ।
क्याटेगोरी : समाचार
ट्याग : #१२ किलो सुन
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्