म्युजिक भिडियोको सफल सम्पादक शक्ति घिमिरे अब निर्देशनमा पनि
काठमाडौं । एक दशकदेखि फिल्म तथा म्युजिक भिडियो सम्पादनमा क्रियाशिल शक्तिप्रज्वल घिमिरेद्धारा निर्देशित म्युजिक भिडियो ‘तिम्रो खुसीमा’ को फस्ट लुक सार्वजनिक भएको छ । खुसी इन्टरटेन्टमेन्ट प्रा।लि।द्धारा निर्मित म्युजिक भिडियोमा ऋचा थापा, सुदिप न्यौपाने, अस्मिता विक र मोहन आचार्यको अभिनय रहेको छ ।
ह्वाइट मिडिया प्रा.लि.द्धारा उत्पादित म्युजिक भिडियोमा एलिना चौहानको स्वर रहेको छ भने नृपेश उप्रेतीले शब्द र संगित दिएका छन् ।

छायांकन र सम्पादनमा विताएको एक दशक बढिको अनुभवलाई समेटेर म्युजिक भिडियोको निर्देशन गरेका घिमिरे गितले बजार तताउनेमा ढुक्क छन् । उनी भन्छन्–‘मैले १० वर्ष भन्दा बढि भिडियोग्राफी पेशामा विताएको छु । त्यहि अनुभवलाई समेटेर पहिलो पटक म्युजिक भिडियोको निर्देशन गर्ने जमर्को गरेको छु । सबै दर्शक तथा स्रोताहरुले मन पराईदिनु हुन्छ भन्नेमा विश्वस्त छु ।’
निर्देशक घिमिरेले आम दर्शक तथा स्रोतसँग सुझाव र सल्लाहको अपेक्षा गरेको समेत बताएका छन् । म्युजिक भिडियो भने एक साता भित्र खुसी इन्टरटेन्टमेन्टको युट्युव च्यानलबाट सार्वजनिक गरिने निर्देशक घिमिरेले बताए ।

‘तिम्रो मायाले बाँधेर राख, मेरो सिरानी होस तिम्रो काख’ गितको कभर गाएर चार्चामा आएकी गायिका चौहानले ‘तिम्रो खुसीमा’ पनि उस्तै स्वर भरेकी छन् । नायिका ऋचा थापाको अभिनय पनि दमदार रहेको छ, म्युजिक भिडियोमा । यहि म्युजिक भिडियोमा सुदिप न्यौपानेले डेब्यु समेत गरेका छन् ।
श्रव्य दृष्य सामाग्री निर्माण गर्दै आएको ह्वाइट मिडिया प्रा।लि।को सम्पूर्ण टिमको अथक परिश्रम र मेहनतले म्युजिक भिडियोलाई राम्रो भन्दा राम्रो बनाउने प्रयास गरिएको निर्देशक घिमिरे बताउँछन् । संगितकार तथा खुसी इन्टरटेन्टमेन्टका सञ्चालक उप्रेती स्थापितहरुसँग ससम्मान सहकार्य गर्नुको साथै खुसीको मुख्य उद्देश्य भनेको नयाँ प्रतिभाहरुलाई अवसर दिनु नै रहेको बताउँछन् ।
खुसी इन्टरटेन्टमेन्टको पहिलो सौगातको रुपमा बजारमा आएको ‘तिम्रो खुशीमा’ संगितकार उप्रेतीले पनि साथ र सहयोगको अपेक्षा गरेका छन् ।
साभार माई न्यूज नेपाल
क्याटेगोरी : समाचार
ट्याग : #शक्ति घिमिरे
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ४काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ५रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ६चुनावको पूर्वसन्ध्यामा काठमाडौं–७ मा एमाले प्रवेशको लहर , बज्राचार्यसहित दर्जनौँ युवा प्रवेश
- ७एकैदिन दुई पूर्वमन्त्री, वीरगञ्जका मेयरसँगै १४ जना वडाध्यक्षहरु एमालेमा प्रवेश
- ८पारदर्शिता, संरचना र सहकार्यको बाटोमा बर्दिवास उद्योग वाणिज्य संघको तीन वर्षे यात्रा






तपाईको कमेन्ट लेख्नुहोस्