Techie IT
आईतबार, चैत्र ९,२०८१

टोखामा खुल्यो कपडा बैंक: महानायक राजेश हमाल र नगरप्रमुख प्रकाश अधिकारीद्धारा शुभारम्भ


काठमाडौँ । काठमाडौँको टोखा नगरपालिकामा पुराना कपडा दिन र नयाँ कपडा लिन सकिने गरी कपडा बैंक खुलेको छ ।

मानव सेवाका लागि कपडा बैंक खोलिएको जनाउदै महानायक राजेश हमाल, नगरप्रमुख प्रकाश अधिकारी, प्रमुख प्रशासकीय अधिकृत शेर बहादुर बी।सी।ले कपडा बैंकको उद्घाटन गर्नुभएको हो ।

बैंकमा प्रयोगमा नआएका र घरमा यतिकै रहिरहेका पुराना कपडा सङ्कलन गरी प्रशोधन गरेर आवश्यक पर्नेहरूका लागि निःशुल्क वितरण गरिने छ । आफ्नो घर, टोल र समाजलाई सफा राखौँ भन्ने नाराका साथ यो अभियान जारी रहेको क्लोथ एन्ड फुड बैंक नेपालका अध्यक्ष कमल जी।सी।ले बताए ।

कार्यक्रममा महानायक राजेश हमालले कपडा विहीनहरूलाई कपडा दिने अभियानमा सहभागी भएर पुण्य कमाउन सबैलाई आह्वान गरे । उनले भने, ‘कोही व्यक्तिले पनि लत्ताकपडाको अभावमा जीवन व्यक्तित्व गर्न नपरोस्, कसैको आङ नाङ्गो नरहोस् भन्ने उद्देश्यका साथ अघि बढेको यो अभियानमा जोसँग चाहिने भन्दा बढी लुगाफाटो छ, उहाँले आफ्नो लुगाफाटो सहयोग गर्न सक्नुहुन्छ ।’

कार्यक्रममा नगरप्रमुख अधिकारीले आफूलाई आवश्यक नभएको कपडा जम्मा गरेर कपडा नहुनेलाई सहयोग गरिदिन आग्रह गरे । असायहरुका लागि सहयोग गर्ने गरी सुरु भएको पुण्य कार्यमा सहभागी हुन पाउँदा खुसी लागेको उनले बताए ।
यस क्षेत्रको आवश्यकता अनुसार नै खोलिएको कपडा बैंकले प्रत्येक्ष लाभ पुग्ने बताए ।

‘हाम्रो समाजमा एउटै लुगा वर्षौंसम्म वा धेरै पटक नलगाउने पनि धेरै छन, नच्यातिएका र लगाउन मिल्ने लुगा त्यस्तै फालिएका हुन्छन,’ हमालले भने, ‘हामीले त्यसैलाई व्यवस्थापन गरेर असहाय, असक्त तथा आर्थिक अवस्था न्यून भएका व्यक्तिहरूलाई वितरण गर्ने सोच बनाएका हौं ।’

कपडा बैंक गरीबले लैजाने र धनीले दिने केन्द्र मात्र होइन,’ उनले भने, ‘आवश्यकता भएकाले लैजाने र आवश्यकता भन्दा केही बढि भएकाले दिने मात्रै हो ।’

उनले बैंकमार्फत प्रयोग गर्न मिल्ने कपडा, शिरक, डसना, तन्ना, जुत्ताचप्पल, भाडा लगायतका मानव जविनमा प्रयोगमा आउने सामान संकलन र वितरण गरिने बताए ।

बाढी, पहिरो, आगलागी पीडितलाई पनि बैंक सञ्चालन भएपछि सहयोग हुने विश्वास लिइएको मेयर प्रकाश अधिकारीले बताए ।
यो कार्यक्रम सातै प्रदेशमा सुन हुन लागेको क्लोथ एन्ड फुड बैंक नेपालले जनाएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #टोखामा खुल्यो कपडा बैंक


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
15°
Fair
6:02 am6:17 pm +0545