Techie IT
बिहीबार, फागुन १०,२०८०

हिमालय सिमापार वाणिज्य संघको अध्यक्षमा कार्की निर्वाचित


चौतारा (सिन्धुपाल्चोक), २९ माघ । नेपाल हिमालय सिमापार वाणिज्य संघको अध्यक्षमा रामहरि कार्की निर्वाचित हुनुभएको छ ।

संघको २४औँ वार्षिक साधरणसभा तथा १२औँ अधिवेशनमा सहमति हुन नसकेपछि भएको निर्वाचनमा कार्कीले ४३४ मत ल्याउनुभएको थियो ।

अर्का प्रत्यासी लोपसाङ शेर्पालाई १३ मतले पछाडी पार्दै कार्की निर्वाचित हुनुभएको हो ।

दुई वरिष्ठ उपाध्यक्षमा गङ्गाबहादुर घिमिरे (सागर) ले ४४२ मत र रामचन्द्र पराजुलीले ४४३ मत ल्याई निर्वाचित हुनुभएको छ ।

यस्तै सचिव पदका लागि पाँच जनाको उम्मेद्वारी परेकोमा विकासप्रसाद रिजाल, आङदोर्जे शेर्पा, तुलसी राउत (श्याम) र सुब्बा श्रेष्ठ निर्वाचित हुनुभएको छ ।

सदस्यलगायत अन्य पदाधिकारी यसअघि नै सर्वसम्मत भइसकेका छन् । आइतबार सर्वसम्मत हुन नसकेका अध्यक्षलगायत पदाधिकारीको भने निर्वाचन भएको हो ।


क्याटेगोरी : समाचार
ट्याग : #रामहरि कार्की, #हिमालय सिमापार वाणिज्य संघ


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
Fair
6:34 am5:59 pm +0545