हिमालयन ईथ्निक फूड फेस्ट तथा नेपाली कुलिनरी अवार्ड सम्पन्न
काठमाडौं, अषाढ – ग्लोबल नेप्लिज सेफ फेडेरेशनको आयोजना तथा ग्लोरी मिडियाको ईभेन्ट ब्यवस्थापनमा अषाढ २५ गतेबाट शुरु भएको हिमालयन ईथ्निक फूड फेस्ट तथा नेपाली कुलिनरी अवार्ड कार्यक्रम २८ गते शनिवार सम्पन्न भएको छ ।
फेष्ट अन्तर्गत २५ र २६ गते होमस्टे भ्रमण तथा अध्ययन, २७ गते होटल तथा रेस्टुरेण्ट भ्रमण तथा अध्ययन र २८ गते सिक्किम विश्वविधालयका डिन समेत रहेका हिमाली खानाका अन्वेशक प्रा.डा. ज्योतिप्रकाश तमाङको विशेष प्रस्तुती र कुलिनरी अवार्डको आयोजना गरिएको थियो ।
शनिवार बत्तिसपुतली स्थित अनुपम फुड ल्याडमा आयोजित कार्यक्रममा डा. तमाङले हिमाली खानाका प्रकार, उत्पत्ति, उपयोगिता, त्यसको ब्यवसायीकरण आदीका बारेमा सहभागीहरु माझ प्रस्तुती दिए भने १० जना सेफहरुलाई विभिन्न बिधा अन्तर्गत अवार्डबाट बिभुषित गरियो ।

नेपालमा पहिलो पटक भएको कुलिनरी अवार्ड २०१९ बाट सम्मानित हुनेमा लाईफ टाइम एचिभमेन्ट तर्फ नरहरी अधिकारी, लिभिङ लेजेँन्डतर्फ गोविन्द नरसिंह केसी, इन्डिजिनियस तर्फ यूवराज प्रजा, बेस्ट आर्टिस्ट तर्फ खिम बराल, योङ एक्जुकेटिव तर्फ भवि खनाल, सेफ स्टोरी तर्फ बिक्रम भिक्स, राइटर सेफ तर्फ सूर्य किरण श्रेष्ठ र अर्जुन थापा, कस्मोपोलिटिन तर्फ कुमार चालिसे र योङ लेडी सेफ तर्फ उर्मि टिटुङ रहेका छन ।
कार्यक्रममा होटल एसोसियसन अफ नेपालका वरिष्ठ उपाध्यक्ष विनायक शाह, जापानका लागि पूर्व राजदुत डा. गणेश योन्जन, प्लाटिनम होटलका जिएम डा। सेफ संजय जमाल, नेप्लिज सेफ फेडेरेशनका अध्यक्ष लक्ष्मण प्रसाद भण्डारी, उपाध्यक्ष नारायण थपलिया, महासचिव मोहन बहादुर गजुरेल, सचिव प्रेमलाल घिसिङ, सेफ एशोसिसनका अध्यक्ष श्रीराम अधिकारी र सम्मानित ब्यक्तित्वहरुले मन्तब्य धारणा राखेका थिए ।
कार्यक्रममा साल्ट ट्रेडिङका विभागिय प्रबन्धक ब्रजेश झा, खाना बिज्ञ डा. नम्रता तमाङ लगायतको उपस्थिती रहेको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #ईथ्निक फूड फेस्ट
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्