गोकर्णेश्वरको बजेट १ अर्ब ४४ करोड ,यस्ता छन योजना
असार, काठमाडाैँ । गोकर्णेश्वर नगरपालिकाको नगरसभाले आर्थिक वर्ष २०७६÷७७ का लागि रु एक अर्ब ४४ करोडको बजेट पारित गरेको छ ।
नगरसभाको आजको बैठकले पूर्वाधार विकास एवं पर्यटनलाई प्राथमिकता दिइएको बजेट पारित गरेको नगरपालिकाका प्रवक्ता मनोजकुमार ढुङ्गानाले जानकारी दिनुभयो ।
नगरपालिकाका सबै वडामा खानेपानीको समस्या रहेकाले समाधानका लागि वृहत् खानेपानी योजना निर्माणका लागि पनि बजेट छुट्याइएको छ ।
नगरपालिका––५ स्थित नारायणटार पुलबाट वडा नं–४ स्थित भगवती स्थानको वाग्मती नदीमा बाँध निर्माण गरी पर्यटक आकर्षित गर्न स्टिमर चलाउन रु दुई करोड बजेट विनियोजन भएको पनि प्रवक्ता ढुङ्गानाले बताउनुभयो ।
गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रलाई व्यवस्थित धार्मिकस्थलका रुपमा विकास गर्न खाली जग्गामा बगैँचा निर्माण गरिने योजना पनि नगरपालिकाले अघि सारेको छ । मन्दिरमा सुनको जलपसहितको धातुको छाना छाउने कामलाई पनि निरन्तरता दिइने छ ।
वाग्द्वारबाट झने वाग्मतीको पानी सुन्दरीजलबाट उपत्यकामा वितरणका लागि ल्याइने भाग नगरपालिकामै पर्ने भए पनि अधिकांश भागमा खानेपानीको समस्या छ । ९० वर्ष माथिका वृद्धवृद्धालाई नगरपालिकाले विशेष भत्ता दिने भएको छ ।
नगरपालिका–३ स्थित प्रसिद्ध पर्यटकीयस्थल तारेभीरमा महादेव र बुद्धको ठूलो मूर्ति स्थापना गरी पर्यटक आकर्षित गरिने भएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #गोकर्णेश्वर नगरपालिका
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्