युवतीलाई यातना दिने ‘धर्ती माता’ बालाजुबाट पक्राउ
काठमाडौँ । एक साताअघि सर्वसाधारणको भिडका बीचमा युवतीलाई यातना दिएकी ‘धर्ती माता’ पक्राउ परेकी छिन् ।
उक्त महिलालले सर्वसाधारणको भिडमा युवतीलाई यातना दिएको भिडियो भाईरल भएपछि सर्वसाधारणले प्रहरी प्रशासनको आलोचना गरेको थियो । तर, प्रहरीले पीडित युवतिलाई भने भेटेको छैन । प्रहरीले भने धर्ती माताविरुद्ध उजुरी गर्न भनेको छ ।
भद्रकाली मन्दिरमा आफूलाई धर्ती माता बताएर युवतीलाई यातना दिने उक्त महिलालाई काठमाडौँ प्रहरी परिसर, टेकुको विशेष टोलीले शुक्रबार बिहान बालाजुबाट पक्राउ गरेको हो ।
उनलाई काठमाडौं प्रहरीको हिरासतमा राखिएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #धर्ती माता’






तपाईको कमेन्ट लेख्नुहोस्