Techie IT
मंगलबार, माघ २९,२०८१

आनन्द लिनको लागि युवतीमाथि ढलान गर्ने किला प्रहार गर्ने कार्की पक्राउ


काठमाडाैं, १३ असार । उपत्यकामा युवतीमाथि श्रृंखलाबद्ध रुपमा सिरिन्ज आक्रमण गरेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

काठमाडाैंकाे नैकापका ३० वर्षीय सन्तोष कार्कीलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको जनाएकाे छ । उनलाई महाराजगञ्जको भाटभटेनी नजिकैबाट पक्राउ गरिएको प्रहरी स्राेतकाे दाबी छ ।

कार्कीले आनन्द लिनको लागि युवतीमाथि ढलान गर्ने किला प्रहार गर्ने गरेको प्रहरी समक्ष बयान दिएका छन् । सिरिन्ज आक्रमणको अनुमान गरिए पनि कार्कीले सिरिन्ज नभएर ढलानको किलाले आक्रमण गरेको बयान दिएका हुन् ।

यसबारेमा प्रहरीले थप अनुसन्धान भैरहेको जनाएको छ । काठमाडाैंका विभिन्न ठाउँमा पाँच जना युवतीले आफूमाथि धारिलो औजारको प्रयोगबाट आक्रमण भएको भन्दै प्रहरीमा उजुरी दिएका थिए ।


क्याटेगोरी : समाचार
ट्याग : #पक्राउ


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
14°
Clear
6:42 am5:53 pm +0545