Techie IT
शुक्रबार, जेठ १०,२०८२

वडाध्यक्षले नाक बाङगिने गरी स्थानीयलाई कुटे


महेश सिंह महतो

सिरहा, ३० जेठ । सिरहा जिल्लाको कल्याणपुर नगरपालिकामा सानो नालाको विवादमा वडाध्यक्षको कुटाइटबाट स्थानीयहरू घाइते भएका छन् ।

कुटपिटबाट कल्याणपुर नगरपालिका वडा नम्बर १० का वर्ष ६५ वर्षीय किसुनदेव यादब, उनका २१ वर्षीय छोरा संजयकुमार यादब घाइते भएको ईलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ ।

आफ्ना निकटका केही व्यक्तिहरू लिएर दलबलसहित आएका वडा नम्बर ११ का वडाध्यक्ष राजेश्वर यादवले स्थानीयलाई कुटपिट गरेका हुन् ।

वडाध्यक्ष यादबले आफूले कसैलाई पनि कुटपिट नगरेको दाबी गरेका छन् । उनले आफूलाई बद्नाम गराउन विपक्षीहरूले गलत कुरा फैलाइरहेको बताए ।

नालाको विषय लिएर कल्याणपुर नगरपालिका वडा नम्बर १० मा पैनचैतीको लागि बैठक बसेका बेला वडा नम्बर ११ का वडाध्यक्ष राजेश्वर यादबले कुटपिट गरेका हुन् ।


क्याटेगोरी : समाचार
ट्याग : #वडाध्यक्ष


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
26°
Mostly Cloudy
5:09 am6:51 pm +0545