ललितपुरमा एडभान्स मखमली जुत्ता बनाउने तालिम सम्पन्न
ललितपुर, २९ ज्येस्ठ- ललितपुरमा एडभान्स मखमली जुत्ता बनाउने तथा एब्रोईडरी तालिम सम्पन्न भएको छ । ललितपुर महानगरपालिका ५ नम्बर वडाको आयोजना र श्रीजनसिल महिला सीप बिकाश केन्द्रको सह आयोजनामा संचालित उक्त तालिम एक महिनासम्म संचालनमा आएको थियो । तालिम सम्पन्न भएसँगै ज्येस्ठ २८ गते मंगलवार समापन कार्यक्रम राखिएको थियो ।
सोही कार्यक्रम माझ ललितपुर महानगरपालिका, समाज कल्याण समितिका संयोजक दिनेश कार्कीले प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र वितरण गरेका थिए । ततपस्चात कार्यक्रमलाई सम्बोधन गर्दै संयोजक कार्कीले ललितपुर महानगरपालिका क्षेत्र भित्र स्वरोजगारमुलक कार्यक्रमले प्राथमिकता पाउदै आएको बताउदै प्राप्त सिपलाई सदुपयोग गर्न प्रशिक्षार्थीहरुलाई आग्रह गरे ।
त्यसैगरी ललितपुर महानगरपालिका ०५ वडाका अध्यक्ष विकास मान श्रेष्ठले महिलाहरुलाई आत्मनिर्भर र स्वरोजगार बनाउने उदेश्यका साथ निशुल्क तालिमको ब्यवस्था गरिएको बताउदै यस्ता जीवन उपयोगी शिपलाई ब्यबहारमा लागु गर्न सके मात्र तालिमको अौचित्य पुस्टि हुने धारणा राखे ।
तालिमका प्रशिक्षकद्वय दिपा शाक्य र निर्मला शाक्यले एडभान्स मखमली जुत्ता बनाउने तालिमबाट मनग्य आम्दानी गर्न सकिने जनाउदै आफूले सिकेको सिपलाई त्यसै खेर जान नदिन आग्रह गरे । कार्यक्रममा महिला सदस्य शोभा देवी प्रधान श्रेष्ठ, वडा सदस्य अशोक श्रेष्ठ, पुनम निरौला लगायतको ऊपस्थिती रहेको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #मखमली जुत्ता
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्