लगनखेलमा निशुल्क स्वास्थ शिविर संचालनमा

लगनखेलमा आँखा, नाक, कान, घाटीको एक दिने निशुल्क स्वास्थ शिविर संचालनमा आएको छ । सोमबार आयोजित उक्त शिविर ललितपुर महानगरपालिका, जनस्वास्थ्य शाखा र ०५ नम्बर वडा कार्यालय वडा जनस्वास्थ्य कार्यान्वयन समितिको संयुक्त आयोजना र बिपी नेत्र प्रतिष्ठान, बाल आँखा, नाक, कान, घाटी अस्पताल तथा पुनर्स्थापना सेवाको सह आयोजनामा संचालनमा आएको हो ।
उपचारका लागि शिविरमा आएका बिरामीलाई निशुल्क रुपमा अौषधी र चश्मा वितरण गर्नुका साथै ७० बर्ष कटेका बृद्ध बृद्धालाई पौष्टिक आहार समेत वितरण गरिएको थियो । शिविरमा करिब १५० बृद्ध बृद्धा र अन्य उमेर समुहका केही ब्यक्तिले परिक्षण गराएको वडा जनस्वास्थ्य कार्यान्वयन समितिका अध्यक्ष शोभादेवी प्रधान श्रेष्ठले जानकारी गराएकी छिन् ।
बिशेष गरि ज्येष्ठ नागरिकको स्वास्थ अवस्थाको पहिचान गरि उनीहरुको स्वास्थमा सुधार ल्याउने हेतुले स्वास्थ कार्यक्रम अन्तर्गत उक्त शिविरको आयोजना गरिएको वडा अध्यक्ष विकासमान श्रेष्ठले जनाए ।
उक्त शिविरबाट सिफारिस भई आएका जटिल समस्या भएका बिरामीलाई लोकन्थली स्थित बाल आँखा, नाक, कान घाटी अस्पताल तथा पुनर्स्थापना सेवाबाट दिईने उपचार र औषधीमा सहुलियत उपलब्ध गराईने अस्पतालका इमेज प्रोमोसन अफिसर मनिष चित्रकारले जानकारी दिए । अस्पतालले विभिन्न स्थानमा प्रत्येक सोमबार आँखा, नाक, कान, घाटी सम्बन्धी शिविर संचालन गर्दै आएको उनले प्रष्ट पारे ।
क्याटेगोरी : समाचार
ट्याग : #स्वास्थ शिविर
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्