सामाजिक सुरक्षा ऐनको कार्यान्वयन गर्ने श्रमिक महिला रक्षा संघको माग
श्रम क्षेत्रमा रहेका श्रमिकको जीवनस्तरलाई सुधार्न सामाजिक सुरक्षा ऐनमा व्यवस्था भएकाले अविलम्ब यसको कार्यान्वयन गर्नुपर्नेमा जोड दिइएको छ ।
श्रमिक महिला रक्षा संघद्वारा आयोजित अन्तक्र्रियामा वक्ताले उक्त ऐनले योगदानमा आधारित सामाजिक सुरक्षाका विषयमा स्वरोजगार र अनौपचारिक क्षेत्रलाई समेटेकाले चाँडो लागू गर्न माग गर्नुभएको हो । औपचारिक क्षेत्रमा भने श्रमिकले सामाजिक सुरक्षा प्राप्त गरिरहेका छन् ।
प्रदेशसभा सदस्य भीमसेन खत्रीले कुनै कारणले कामदार असक्त भएमा सम्बन्धित व्यक्ति र आस्रित परिवारलाई सहयोग गर्ने उद्देश्यले सबै दलको समन्वयमा ऐन ल्याइएको बताउँदै सरकारले त्यसलाई छिट्टो कार्यान्वयन गर्नुपर्ने बताउनुभयो ।
अर्का प्रदेशसभा सदस्य बेलीमैया घलेले रोजगारदाताले सामाजिक सुरक्षा कोषमा सूचिकृत हुनुपर्ने र उनीहरुले श्रमिकलाई पनि सूचिकृत गर्नुपर्ने व्यवस्था ऐनमा भएका कारण श्रमिक लाभान्वित हुने विचार व्यक्त गर्नुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #श्रमिक महिला रक्षा संघ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्