रुपान्तरण अभियान लिएर जनताकाे घरघरमा पुग्दै माओवादी

काठमाडौं ।
२०६४ सालदेखि ०७९ सम्म आइपुग्दा यो पार्टी एक्लै चुनाव लड्न नसक्ने अवस्थामा पुगेको छ । ०७४ सालको निर्वाचनमा एमालेसँगको गठबन्धनबाट प्रत्यक्षमै ३६ सीट जितेको माओवादी अहिले समानुपातिकसमेत गरी ३२ सीटमा खुम्चियो ।
पार्टी निरन्तर खुम्चिएपछि माओवादीले सत्ता छाड्न सकेको छैन । संसदीय राजनीतिमा तेस्रो तर निर्णायक शक्ति बनेर अहिले पनि कहिले एमाले त कहिले कांग्रेससँग मिलेर भएपनि प्रचण्डले सरकारको नेतृत्व गरिरहेका छन् । प्रचण्ड नेतृत्वको सरकारले सुशासनको पक्षमा काम थालेर केही सकारात्मक सन्देश दिएको निचोडसहित मौका छोपेर माओवादीले रुपान्तरण अभियान गरेको हो ।
युद्ध छाडेर शान्ति प्रक्रियामा आएपछि सत्ताबाहिर नबसेको माओवादीभित्र अभियान चलाइए पनि नेताहरूको कार्यशैली परिर्वतन नगरेसम्म पार्टी रुपान्तरण हुन नसक्ने स्वयं नेता कार्यकर्ता स्वीकार्छन् । माओवादीका वरिष्ठ उपाध्यक्षसमेत रहेका श्रेष्ठले पार्टीमा भ्रष्टीकरण बढेको बताएका छन् ।
शुक्रबार ललितपुरमा पार्टीका भेलालाई सम्बोधन गर्दै भनेका थिए, ‘अहिले पार्टीमा भ्रष्टीकरण बढेर गएको छ । काम गरेको कुनै उद्योग, व्यवसाय गरेको पनि देखिँदैन । तर, पनि आलिसान भवनमा कसरी बसिरहेका छन् भन्ने प्रश्न उठेको छ । यो सत्य हो, लुकाएर हुँदैन । यसलाई सच्याउनुपर्छ ।’
उनले जनतासँग पार्टीको सम्बन्ध कमजोर हुदै गएको बताए ।
‘पहिला पार्टीमा आदर्श, विचार, सिद्धान्त, रणनीति र कार्यनीतिको कुरा हुन्थ्यो । त्यसको आधारमा हामी अघि बढ्थ्यौं । अहिले सतही कुरा हुन्छ । पार्टी संगठनलाई विधि र पद्धतिमा चलाउनुपर्यो । विधान अनुकूल सामूहिक चलाउनुपर्यो’, उनको भनाइ थियो, ‘विधिसम्मत ढंगले सामूहिक र संस्थागत ढंगले पार्टी चलाउनुपर् यो। कार्यकर्ताको न्यायोचित मूल्यांकन गर्नसके मात्रै पार्टी रुपान्तरण हुन्छ ।’
जुन कुरा पार्टी अध्यक्ष प्रचण्डले पनि पार्टीका नेताहरू पद र पैसाका लागि जे पनि गर्न तयार भए हुन थालेको आरोप लगाएका थिए ।
साउनको दोस्रो साता बसेको केन्द्रीय समितिको बैठकमा पारित प्रतिवेदनमा भनिएको थियो, ‘आत्मकेन्द्रित व्यक्तिवादी प्रवृत्ति, गुटबन्दी गर्ने, समितिको बैठक बसी सामूहिक योजना बनाउन नचाहने, कार्य क्षेत्र र जनतामाझ नजाने, सिंहदरबार, बालुवाटार र प्रदेश राजधानीलगायतका शक्ति केन्द्रमा धाउन रमाउने समस्या छ ।’
अहिले पनि माओवादी नेताहरूमाथि आर्थिक जीवनशैलीप्रति आमरूपमा प्रश्न उठेको सचिव राम कार्की बताउँछन् ।
अभियानलाई परीक्षाको रूपमा आफूहरूले लिइएको उपाध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद सापकोटा बताउँछन् ।
उनले भने, ‘यो अभियानलाई हामी सबैका लागि परीक्षा हो । यो सफल बनाउने अभियानमा लागिरहेका छौं । अन्तिम परीक्षाको रूपमा लिएर जनताको घरघरमा खटिएका छौं ।’
क्याटेगोरी : समाचार
ट्याग : #hot, #रुपान्तरण अभियान
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्