Techie IT
सोमबार, चैत्र १०,२०८१

खुकुरी प्रहार गरि बुहारीको हत्या गर्ने जेठाजु पक्राउ


खुकुरी प्रहार गरि बुहारीको हत्या गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

ललितपुर महानगरपालिका-२६ ढोलाहिटी बस्ने २५ वर्षीया अञ्जना लामा महतलाई धारिलो हतियार प्रहार गरी हत्या गरेको अभियोगमा मृतकका आफ्नै जेठाजु ३५ वर्षीय उज्वल महतलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो ।

उज्वलले धारिलो हतियार खुकुरी प्रहार गर्दा अञ्जनाको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त चापागाउँबाट खटिएको प्रहरीले उज्वललाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #बुहारीको हत्या


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
16°
Fair
6:01 am6:18 pm +0545