टेलिकम र एसेलनका सिमकार्डहरू अनधिकृत रुपमा बिक्री गरेको आरोपमा गगंबु बसपार्कबाट दुई जनालाई पक्राउ

काठमाडौं, १३ वैशाख । महानगरीय प्रहरी अपराध महाशाखाले नेपाल टेलिकम र एसेलनका सिमकार्डहरू अनधिकृत रुपमा बिक्री गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।
अपराध महाशाखाका अनुसार पक्राउ पर्नेमा दोलखा जिल्ला बैतेश्वर गाउँपालिका वडा नम्बर ३ घर भई बालाजुमा बस्ने दिलबहादुर खत्री र सोही ठाउँका राजकुमार दाहाल छन् ।
उनीहरूलाई महाशाखाबाट खटिएको टोलीले गंगबु बसपार्कबाट बिहीबार पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।
खत्री र दाहालले संयुक्त रुपमा सञ्चालन गरेको इलेक्ट्रोनिक्स पसलमा खानतलासी लिने क्रममा नेपाल टेलिकमका १० थान, एनसेलको २६ थान सिमकार्ड फेला परेको महानगरीय अपराध महाशाखाका प्रमुख एवम् एसएसपी धिरजप्रताप सिंहलेले जनाकारी दिए ।
खत्री र दाहालले ग्राहकहरूको पहिचान खुल्ने कुनै पनि कागजात तथा रेकर्ड नराखी सिमकार्ड बिक्री वितरण गर्ने गरेको सूचनाका आधारमा प्रहरीले पसलमा छापामारेको थियो ।
अनधिकृत रुपमा बिक्री वितरण गरिएका सिमकार्डहरू आपराधिक गतिविधिमा प्रयोग भएको प्रहरीको प्रारम्भीक अनुसन्धानबाट खुलेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #गगंबु बसपार्कबाट
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्