तिमिल्सिना समाज नेपालको ९ औं महाधिवेशन सम्पन्न ,हेर्नुहोस नयाँ कार्यसमितिका नामावली
काठमाडौं।
तिमिल्सिना समाज नेपालको ९ औं महाधिवेशन सम्पन्न भएको छ । शनिवार ललितपुरको नेशनल ल कलेजको सभाहलमा सम्पन्न महाधिवेशनले नवराज तिम्सिनालाई अध्यक्षमा सर्वसम्वत चयन गरेको छ । अध्यक्षका प्रत्यासि पूर्व ए.आई.जी. कल्याण कुमार तिम्सिनाले अर्का प्रत्यासी नवराज तिमल्सिनालाई समर्थन गरेपछि नेतृत्व सर्वसम्वत चयन भएको हो ।
महाधिवेशनको बन्दशत्रमा बोल्दै कल्याण तिम्सिनाले तिमिल्सिना बन्धुहरुलाई एकताको सुत्रमा बाध्न आफुले अध्यक्षको उम्मेदवारी फिर्ता लिएर नवराजलाई समर्थन गरेको बताउनु भयो । उहाँले बन्धुहरुको समाजमा निर्वाचन गर्नु उचित नहुने र सबैले मिलेर समाजलाई उचाईमा पुर्याउनुपर्ने बताउनु भयो ।
उहाँ समाजको संरक्षक समेत हुनुहुन्छ ।
समाजको वरिष्ठ उपाध्यक्षमा दिपक तिमिल्सिना, महासचिवमा होम तिमिल्सिना निर्वाचित भएका छन् । यस्तै प्रदेश संयोजकहरुमा हरि प्रसाद तिमिल्सिना, शिव प्रसाद तिमिल्सिना, चन्द्र मणि तिमिल्सिना, राजु तिमिल्सिना, जगत तिमिल्सिना, कलम बहादुर तिमिल्सीना र तिलक तिमिल्सिना रहेका छन् । प्रदेश संयोजक बिधानत केन्द्रीय उपाध्यक्ष हुनेछन् ।
यसैगरी समाजको सचिवमा टपिन्द्र तिमल्सिना, कोषध्यक्ष सिता तिमल्सिना र सह कोषाध्यक्षमा बिद्या तिमिल्सिना रहेका छन् ।
अधिवेशनमा समाजका पूर्वअध्यक्ष, संरक्षक सल्लाहकार सहित देशभरबाट झण्डै तीन सय तिमल्सिना बन्धुहरुको उपस्थिती रहेको थियो । अधिवेशनको उद्घाटन राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले गर्नुभएको थियो ।

यसैबीच नयाँ कार्यसमितिको आईतवार बसेको पहिलो बैठकले ११ सदस्यीय सचिवालय सदस्य गठन गरेको छ । सचिवालयमा पधाधिकारी सहित केन्द्रिय सदस्यहरु सिर्जना तिम्सिना, बाशुदेव तिम्सिना, काशिनाथ तिमल्सिना, पुष्कर प्रसाद तिमिल्सिना र जयराम तिमिल्सिना रहेका छन् ।
यसैगरी तीन महिनाभित्र समाजको प्रदेश कमिटिको सम्मेलन सम्पन्न गर्ने र अछाम जिल्लामा लगाईएको महायज्ञमा समाजलाई बिभिन्न दाताले दान गरेको जग्गा समाजको नाममा ल्याउन तिलकबहादुर तिमल्सिनाको संयोजकत्वमा जगत तिम्सिना र कलम बहादुर तिम्सिनाको समिति गठन गरिएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #तिमिल्सिना समाज
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ४काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ५रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ६चुनावको पूर्वसन्ध्यामा काठमाडौं–७ मा एमाले प्रवेशको लहर , बज्राचार्यसहित दर्जनौँ युवा प्रवेश
- ७एकैदिन दुई पूर्वमन्त्री, वीरगञ्जका मेयरसँगै १४ जना वडाध्यक्षहरु एमालेमा प्रवेश
- ८पारदर्शिता, संरचना र सहकार्यको बाटोमा बर्दिवास उद्योग वाणिज्य संघको तीन वर्षे यात्रा






तपाईको कमेन्ट लेख्नुहोस्