Techie IT
सोमबार, माघ २८,२०८१

स्वास्थ्य राज्यमन्त्रीको लगानी रहेको अस्पतालको शौचालयमा नर्स मृत फेला


काठमाडौं, ८ वैशाख । स्वास्थ्य राज्यमन्त्री सुरेन्द्र यादवको लगानी रहेको अस्पतालको शौचालयमा नर्स मृत भेटिएकी छिन् ।

जनकपुरधाम ८ स्थित जानकी हेल्थकेयर एन्ड टिचिङ अस्पतालकी नर्स रक्षा आले झुण्डिएको अवस्थामा फेला परेकी हुन्। महोत्तरी घर भएकी आलेको शव अस्पतालको शौचालयमा पासो लगाएको अवस्थामा फेला परेको हो ।

शनिबार राति १ बजे शौचालयको फलामे पाइपमा आलेले सलले पासो लगाई आत्महत्या गरेको बताइएको छ । आलेको भुण्डिएको शवले भुइँमा छोएको, भित्र छुरा पाइएको र ढोका फुटाइएकोले उनले आत्महत्या नै गरेकी हुन भन्नेमा शंका उब्जेको छ।

रक्षाका आफन्तले घटना शंकास्पद देखिएकाले घटनाको छानबिनको माग गरेका छन् । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


क्याटेगोरी : समाचार
ट्याग : #नर्स मृत फेला


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
13°
Mist
6:43 am5:52 pm +0545