विप्लव कार्यकर्ताद्धारा नवलपुरमा ट्रकमा आगजनी
विजय चालिसे
कावासोती, ५ वैशाख । विप्लव नेतृत्वको नेकपाको नेपाल बन्दको प्रभाव नवलपुरमा पूर्ण रुपमा परेको छ ।
आफ्ना नेता तथा कार्यकर्ता पक्राउको विरोधमा नेकपाले गरेको बन्दको प्रभाव नपलपुरमा पूर्ण रुपमा परेको हो ।
बन्दका कारण सवारी साधन छिटफुट संचालनमा रहेको भएपनि सडकका ठाउँठाउँमा शंकास्पद वस्तु फेला परेपछि प्रहरीले नै सवारी साधनलाई ठाउँठाउँमा रोकेर राखेको छ । बन्दका कारण बजार सुनसान देखिएको छ ।
बन्दको पूर्वसन्ध्यामा बुधबार राति विप्लब नेतृत्व नेकपा जिल्ला सदस्य पुरुषेत्तम रेग्मी पक्राउ परेका छन् ।
मध्यविन्दु नगरपालिका ११ बाउन्नेकुनाबाट रेग्मीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । रेग्मीलाई बन्दको पूर्वसन्ध्यामा नेकपाले गरेको राके जुलुसका क्रममा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी प्रमुख एंव प्रहरी उपरीक्षक रमेश थापाले जानकारी दिए ।
कावासोती १६ डण्डा पथ्तरखोला पुल नजिक रोकिराखेको भारतीय ट्रकमा आगजनी गरिएको छ । भारतको गुजरातबाट काठमाडौं जानका लागि आउँदै गरेको आर जे ०२ जीबी २८७० नम्बरको ट्रकमा अज्ञात समूहले आगजनी गरेको प्रहरीले जनाएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #ट्रकमा आगजनी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ४काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ५रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ६चुनावको पूर्वसन्ध्यामा काठमाडौं–७ मा एमाले प्रवेशको लहर , बज्राचार्यसहित दर्जनौँ युवा प्रवेश
- ७एकैदिन दुई पूर्वमन्त्री, वीरगञ्जका मेयरसँगै १४ जना वडाध्यक्षहरु एमालेमा प्रवेश
- ८पारदर्शिता, संरचना र सहकार्यको बाटोमा बर्दिवास उद्योग वाणिज्य संघको तीन वर्षे यात्रा






तपाईको कमेन्ट लेख्नुहोस्