चट्याङ, हुरिबताससहित विहीबारसम्म वर्षा र असिना पर्ने सम्भावना

काठमाडौं, ४ वैशाख ।विहीबार देशका विभिन्न क्षेत्रमा मेघ गर्जरनसहित वर्षाको सम्भावना रहेको मौसम विभागले पूर्वानुमान गरेको छ ।
जल तथा मौसम विभागले विहीबारसम्म मुलुकका विभिन्न भागमा मौसम बदली रहने जनाएको छ ।
यसैबीच मंगलबार साँझ असिना–पानीसँगै आएको हुरीले फेटा गाउँपालिकाको कतिपय हुरी पीडितको टेन्ट उडाएको छ भने चट्याङले ६ जनालाई घाइते बनाएको छ ।
आज र विहीबार पश्चिमका धेरैजसो ठाउँ, पूर्व र मध्येका केही स्थानमा मेघ गर्जन, चट्याङ पर्ने, हुरिबताससहित वर्षा र असिना पर्ने सम्भावना रहेको मौसम विभागले निकालेको विज्ञप्तीमा लेखिएको छ । उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको समेत सम्भावाना रहेको छ । आज तराईका विभिन्न स्थानमा हुरी बतासको सम्भावना रहेको समेत भन्दै सचेत गराईएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #वर्षा र असिना
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
- ७तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ८टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
तपाईको कमेन्ट लेख्नुहोस्