बालाजु माछापोखरीस्थित मिठाई पसलमा सिल्ड ,अत्याधिक मिसावट र सरसफाईको कमी

काठमाडौं ।बालाजु माछापोखरीस्थित सुर्यदेव मिठाई पसललाई अनुगमन टोलीले सिल्ड गरेको छ ।
कानुनी प्रक्रिया पुरा नगरि संञ्चालन गरिएको सो मिठाई पसलमा अत्याधिक मिसावट, सरसफाईको कमी तथा व्यक्तिगत सरसफाई पनि सन्तोषजनक नदेखिएपछि अर्को सूचना जारी नभएसम्मका लागि पसल सिल्ड गरिएको विभागका खाद्य अनुसन्धान अधिकृत ईश्वरराज सुवेदीले जानकारी दिए ।
राजधानीमा सञ्चालित चिकेन स्टेशन (खाजा पसल)मा अखाद्य तेलको प्रयोग भएको पाइएको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले शनिबार गरेको बजार अनुगमनका क्रममा काठमाण्डौ महानगरपालिकाको सितापाईलास्थित चिकेन स्टेशनमा अखाद्य तेल प्रयोग भएको पाईएको हो ।
चिकेन फ्राईका लागि राखिएको तेल हाई पोलारिटी (अत्याधिक डढेको) पाइएपछि अनुगमन टोलीले सबै तेल नष्ट गरि ३ दिन भित्र विभागमा उपस्थित हुनका लागि पत्र काटेको छ ।
उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिनाले अनुगमनका क्रममा गुणस्तरहीन खाद्य सामाग्री फेला पर्नुको साथै सरसफाईमा कमि र कानुनी प्रक्रिया पनि पुरा नगरेको पाईएकाले नियमक निकायले अनुगमन तिब्र पार्नुपर्ने बताए ।
क्याटेगोरी : समाचार
ट्याग : #मिठाई पसलमा सिल्ड
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्