अमेरिकालाई हराउँदै नेदरल्यान्ड्स क्वार्टरफाइनलमा प्रवेश
काठमाडौं ।अमेरिकामाथि सानदार जित निकाक्दै नेदरल्यान्ड्स फिफा विश्वकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । खालिफा अन्तर्राष्ट्रिय स्टेडियममा शनिबार राति भएको पहिलो प्रिक्वार्टरफाइनल खेलमा नेदरल्यान्ड्सले अमेरिकालाई ३-१ गोलले हरायो ।
नेदरल्यान्ड्सको जितमा मेम्फिस डिपाए, डेली ब्लिन्ड र डेन्जेल डम्फ्रिजले गोल गर्नुभयो । अमेरिका हाजी राइटले सान्त्वना गोल फर्काउनुभयो । नेदरल्यान्ड्सले पहिलो हाफमै दुई गोल गरेको थियो । बल पोसेसनमा अब्बल देखिएको अमेरिकाले गोल गर्न भने सकेन ।
डिपाएले १०औं मिनेटमा डेन्जेल डम्फ्रिजको पासमा गोल गर्दै नेदरल्यान्ड्सलाई अग्रता दिलाउनुभयो । पहिलो हाफको इन्जुरी समयमा डेली ब्लिन्डले डम्फ्रिजको पासमा गोल गर्दै नेदरल्यान्ड्सको अग्रता दोब्बर बनाउनुभयो ।
७६औं मिनेटमा हाजी राइटले गोल गर्दै अमेरिकालाई खेलमा फर्काउने प्रयास गर्नुभयो । उहाँले क्रिस्टियन पुलिसिसको पासमा गोल गर्नुभएको थियो । त्यसपछि ८१औं मिनेटमा डम्फ्रिजले डेली ब्लिन्डको पासमा उत्कृष्ट गोल गर्दै नेदरल्यान्ड्सलाई अन्तिम आठमा प्रवेश गराउनुभयो ।
समूह ‘ए’ को विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको नेदरल्यान्ड्सले क्वार्टरफाइनल
क्याटेगोरी : खेलकुद, समाचार
ट्याग : #नेदरल्यान्ड्स
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्