बाराका तीन प्रदेशसभामा एमाले विजयी
बारा । बारा १ (क) को प्रदेशसभा सदस्यमा त्रिलोकी चौधरी पुनः निर्वाचित भएका छन् । उनी दुई हजार पाँच सय २८ मतको फराकिलो मतान्तरले निर्वाचित भएका हुन् ।
चौधरीले १६ हजार सात सय ९८ मत प्राप्त गर्दा नेपाली कांग्रेसका उम्मेदवार रमेश दंगालले १४ हजार दुई सय ७० मत प्राप्त गरेका छन् । चौधरी २०७४ को निर्वाचनमा पनि निर्वाचित भएका थिए ।
चौधरीको जितसँगै एमालेले बारामा उम्मेदवारी दिएको चार प्रदेशसभामध्ये तीनमा जित हात पारेको छ । यसअघि बारा ४(क) मा देवनारायण चौधरी, ३(क) मा रवीन्द्रदास श्रेष्ठ निर्वाचित भइसकेका छन् ।
बारा २ (क)मा भने एमाले उम्मेदवार बलवीर चौधरी पराजित भएका छन् । उनले उम्मेदवारी दिएको क्षेत्रमा स्वतन्त्र उम्मेदवार शारदा शंकर कलवार निर्वाचित भएका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #बारा, #बाराका तीन प्रदेशसभामा एमाले विजयी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति






तपाईको कमेन्ट लेख्नुहोस्