सर्लाही-३ मा एमालेका हरिप्रसाद उप्रेती विजयी
सर्लाही । सर्लाहीको क्षेत्र नं ३ बाट नेकपा एमालेका हरिप्रसाद उप्रेती प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् ।
उनले नेकपा माओवादी केन्द्रका उम्मेदवार नरेन्द्र साहलाई ७ सय ७० मतान्तरले पराजित गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय सर्लाहीले जनाएको छ ।
उप्रेतीले ३२ हजार नौ सय ३८ मत प्राप्त गरी विजयी हुँदा उनका निकटतम् प्रतिद्वन्द्वी माओवादी केन्द्रका साहले ३२ हजार एक सय ६८ मत पाएका छन् ।
गत आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतपरिणामअनुसार जनमत पार्टीका उम्मेदवार त्रिभुवन सिंहले पाँच हजार पाँच सय १९ मत ल्याएका छन् । उप्रेती विसं २०७४ को निर्वाचनमा पनि यसै क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।
क्याटेगोरी : समाचार
ट्याग : #हरिप्रसाद उप्रेती
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्