कर्णालीका सात ठाउँको अन्तिम परिणाम सार्वजनिक, यस्तो छ नतिजा
सुर्खेत। कर्णाली प्रदेशभर अहिलेसम्म प्रदेशसभातर्फको ६ र प्रतिनिधिसभातर्फ एक ठाउँको अन्तिम मतपरिमाण सार्वजनिक भएको छ ।
पाँच ठाउँमा सत्ता गठबन्धन तथा नेकपा (एमाले) र स्वतन्त्र एक÷एक ठाउँमा विजयी भएका छन् । सुर्खेत निर्वाचन क्षेत्र नं २ मा नेपाली कांग्रेसका हृदयराम थानी विजयी हुनुभएको छ । उहाँले नेकपा (एमाले)का अमृत विसीलाई पराजित गर्नुभएको हो ।
यस्तै दैलेख क्षेत्र नं १ प्रदेश (१) मा प्रदेशसभा सदस्यमा कांग्रेसका पूर्णबहादुर खत्री विजयी हुनुभएको छ । उहाँले एमालेका धर्मराज रेग्मीलाई एक हजार तीन सय ९२ मतान्तरले पराजित गर्नुभएको हो । खत्रीले नौ हजार चार सय ६४ तथा रेग्मीले आठ हजार ७२ मत प्राप्त गर्नुभयो ।
जाजरकोट प्रदेशसभा (१) मा कांग्रेसका वेदराज सिंह विजयी हुनुभएको छ । उहाँले १८ हजार पाँच सय ४३ मत प्राप्त गर्नुभयो । सिंहका निकटतम प्रतिद्वन्द्वी एमालेका डम्बरबहादुर सिंहले १२ हजार चार सय ७० मत प्राप्त गर्नुभयो ।
जाजरकोटको प्रदेशसभा (२) बाट कांग्रेसका राजीवविक्रम शाह निर्वाचित हुनुभएको छ । उहाँ १६ हजार ४० मतसहित निर्वाचित हुनुभएको हो । शाहले एमालेका खिमबहादुर शाहीलाई पाँच हजार पाँच सय १० मतान्तरले पछि पार्नुभयो । एमालेका शाहीले १० हजार पाँच सय ३० मत पाउनुभयो ।
यस्तै दैलेख निर्वाचन क्षेत्र नं २ प्रदेशसभा (१) मा कांग्रेसका घनश्याम भण्डारी विजयी हुनुभएको छ । भण्डारीले एमालेका तिलकप्रसाद रिजाललाई एक हजार तीन सय पाँच मतले हराउनुभएको हो । भण्डारीले १० हजार आठ सय मत प्राप्त गर्नुभयो । एमालेका रिजालले नौ हजार चार सय ९५ मत प्राप्त गर्नुभयो ।
जुम्ला प्रदेशसभा–१ मा सत्ता गठबन्धनबाट कांग्रेसका देवेन्द्रबहादुर शाही विजयी हुनुभएको छ । उहाँले स्वतन्त्र उम्मेदवार ललितजङ्ग शाहीलाई एक हजार आठ सय ९९ मतले हराउनुभएको हो । कांग्रेसका शाहीले नौ हजार छ सय ५४ मत तथा स्वतन्त्र उम्मेदवार शाहीले सात हजार सात सय ५५ मत पाउनुभयो ।
यस्तै जुम्ला प्रदेशसभा (२) मा सत्ता गठबन्धनबाट एकीकृत समाजवादीका पद्मबहादुर रोकायलाई हराउँदै एमालेका टेकराज पछाई विजयी हुनुभएको छ । पछाई सात हजार आठ १५ मतले विजयी हुनुभएको हो । रोकायले छ हजार सात सय २२ मत ल्याउनुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #कर्णाली प्रदेश
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्