समानुपातिकमा एमालेले ३ लाख कटायो, कुन दलले कति पाए ?
काठमाडौं । प्रतिनिधि सभाको समानुपातिकतर्फ नेकपा (एमाले) ले ३ लाख मत कटाएको छ ।
निर्वाचन आयोगको पछिल्लो नतिजा अनुसार समानुपातिकतर्फ एमाले पहिलो स्थानमा छ । अहिलेसम्म एमालेले ३ लाख १७ हजार ९२२ मतका साथ अग्रता लिएको छ भने कांग्रेस २ लाख ९५ हजार ३४१ मतसहित दोस्रोमा छ ।
तेस्रो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले एक लाख ५९ हजार ६२० मत पाएको छ भने नेकपा (माओवादी केन्द्र) को एक लाख ४३ हजार ६०० मत छ ।
अहिलेसम्म माओवादीपछि राष्ट्रिय प्रजातन्त्र पार्टीले ८३ हजार ६६८ मतसहित पाँचौँ स्थानमा छ भने जनता समाजवादी पार्टी ३० हजार ९०९ मतसहित छैटौँ र नेपाल मजदुर किसान पार्टी २८ हजार ५४५ मतसहित सातौँ स्थानमा छ ।
सिके राउत नेतृत्वको जनमत पार्टी २३ हजार १ मतसहित आठौँ स्थानमा छ । नेकपा एसको अहिलेसम्म १८ हजार ३७५ मतसहित नवौँ स्थानमा छ । १०औ नम्बरमा रहेको नागरिक उन्मुक्ति पार्टीले १४ हजार ८६२ मतसहित प्राप्त गरेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #काँग्रेस, #नेकपा ( माओवादी केन्द्र, #नेकपा एमाले, #राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा स्वयमसेवक माग
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्