महिलाहरुलाई कम जिम्मेवारी दिने गरिएकाले आर्थिक रुपमा सफल हुन समस्या : उर्मिला श्रेष्ठ
बिर्तामोड । नेपाल महिला चेम्बरका केन्द्रीय अध्यक्ष उर्मिला श्रेष्ठले महिलाहरुलाई कम जिम्मेवारी दिने गरिएकाले आर्थिक रुपमा सफल हुन समस्या आएको बताएकी छन । नेपाल चेम्बर अफ कमर्स अन्तरगत नेपाल महिला चेम्बरको झापा शाखा गठन कार्यक्रम माझ उनले उक्त धारणा राखेकी हुन । अध्यक्ष श्रेष्ठले महिलाहरु समेत व्यवसायमा लाग्नुपर्ने बताईन ।
उनले भनिन्, ‘अब महिलाहरु व्यवसायमा लाग्नुपर्छ र पुरुषहरुभन्दा कुनै पनि हिसाबमा कमजोर नभई सबल र सक्षम हुन आवश्यक छ ।’ अध्यक्ष श्रेष्ठले महिलालाई क्रियाशील र आर्थिकरुपमा सबल बनाउन चेम्बर अफ कमर्स अन्तरगत महिला विभाग देशभर गठन गर्न लागिएको जानकारी गराएकी थिईन । कार्यक्रममा चेम्बर अफ कमर्स, १ नम्बर प्रदेश का अध्यक्ष राजेन्द्र घिमिरेले आफैं उद्यमी व्यवसायी बनेर वा श्रीमानको व्यापार व्यवसायमा साथ दिएर पनि महिला अब सशक्तिकरणका निम्ती जाग्ने बेला आएको बताए ।
झापा चेम्बर अफ कमर्सका संस्थापक अध्यक्ष सन्तोष अग्रवालले महिला चेम्बरमा कसैलाई भेदभाव नगरी क्षमता र दक्षताका आधारमा संगठित गरिने बताए । सो कार्यक्रममा नेकपा बिर्तामोड नगरका अध्यक्ष ज्ञानुराम प्रसाई, बिर्तामोड नगरपालिका वडा नं. ५ का अध्यक्ष राजेन्द्र लिङ्देन, रोटरी क्लव अफ बिर्तामोड मिड टाउनका अध्यक्ष शुभ कुमाई पाठक लगायतले मन्तव्य राखेका थिए । अन्तरक्रिया कार्यक्रममा संघका केन्द्रीय सचिव लिमा अधिकारीले सहभागीले सोधेका प्रश्नहरुको जवाफ दिएकी थिइन् ।
नेपाल अलैंची व्यवसायी महासंघका महासचिव तथा झापा चेम्बर अफ कमर्सका सचिव सुवास भट्टराईले स्वागत मन्तब्य राखेका थिए भने कार्यक्रमको सञ्चालन प्रेमा भट्टराईले गरेकी थिइन् । प्रेमा भट्टराइको अध्यक्षतामा नेपाल महिला चेम्बर झापा गठन नेपाल महिला चेम्बरका केन्द्रीय अध्यक्ष उर्मिला श्रेष्ठको प्रमुख आतिथ्यता माझ बिर्तामोडमा आयोजित अन्तरक्रिया सहितको भेलाले प्रेमा भट्टराइको अध्यक्षतामा नेपाल महिला चेम्बर झापा जिल्ला तदर्थ समिति गठन गरेको छ ।
नेपाल महिला चेम्बर झापाको वरिष्ठ उपाध्यक्षमा रेनुका डाँगी, वाणिज्य उपाध्यक्षमा निरु उप्रेती, उद्योग उपाध्यक्षमा रेखिका शर्मा, महासचिवमा शर्मिला शाक्य, उद्योग सचिवमा बिनु कट्टेल, वाणिज्य सचिवमा देवी पोखरेल र कोषाध्यक्षमा जमुना भुषाल चयन भएका छन् । त्यसैगरी समितिका सदस्यहरुमा शुभकुमाईं पाठक, अनिता मैनाली, भावना घिमिरे, लुना सुवेदी, प्रमिला खरेल प्रसाई, बिना बिमली, पार्वता खतिवडा, सुनिता शर्मा, हिमा भण्डारी, पारु श्रेष्ठ, गंगा मेचे, कविता पौडेल, जानुका ओली, यशोदा प्रसाईं र गीता पौडेल चयन भएका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #उर्मिला श्रेष्ठ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्