Techie IT
बुधबार, जेठ १,२०८२

जुम्लामा मतदान स्थलतर्फ जाँदै गरेको गाडी दुर्घटना, आठ जना घाइते


जुम्ला । जुम्लामा मतदान स्थलतर्फ जाँदै गरेको गाडी दुर्घटना हुँदा आठ जना घाइते भएका छन् ।

जुम्ला सदरमुकामबाट तातोपानी गाउँपालिका ८ जनजागृति मावि ताम्ती मतदान केन्द्रमा खटि गएको टोलीलाई लिएर गरेको भे १ च २१८८ नम्बरको बोलेरो जीप निर्वाचन सामाग्रीसहित तिला गाउँपालिका ४ रावतबाडा भन्ने ठाउँमा दिउँसो साढे २ बजे दुर्घटना भएको प्रमुख जिल्ला अधिकारी मुकेश केसरीले बताउनुभयो ।

जीप अनियन्त्रित भई त्रिवेणी टोप्ला जोड्ने सडक खण्डबाट २० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार चालक शरेस कार्कीलाई नियन्त्रणमा लिइएको छ । निर्वाचन सामाग्रीमा कुनै क्षति नपुगेको डिएसपी नरेन्द्र चन्दले जानकारी दिनुभयो ।

घाइतेहरूको थप उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएको छ । घाइतेको अस्पतालको आकस्मिक कक्षमा उपचार भइरहेको छ ।

दुर्घटनाको थप विवरण आउन बाँकी छ ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #गाडी दुर्घटना


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Mostly Cloudy
5:13 am6:46 pm +0545