प्रचण्डले विदेशीको मेजमानी खाएर जनयुद्ध लडेको फूर्ति नलगाए हुन्छः अध्यक्ष ओली
काठमाडौं, । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनता आफ्नो पार्टीलाई बहुमत दिन आतुर भएको बताएका छन् । ‘म दार्चुलादेखि झापासम्मको दौडाहा गरें । जनता अत्यन्त उत्साहका साथ एमालेलाई बहुमत दिन आतुर छन् । उनीहरुलाई मंसिर ४ को अधैर्य प्रतीक्षा छ । यो सामान्य निर्वाच्न होइन । यो शान्तिपूर्ण महासंग्राम हो । जनादेश कुल्चिएर अस्थिरता निम्त्याउने व्यक्तिहरुको गठबन्धनले रोडा गिट्टी पेल्ने मेसिनको जस्तो कर्कश आवाज निकालिरहेको छ । जनताले स्थिरता दिने र राष्ट्रिय शक्ति निर्माण गर्ने पार्टीको पक्षमा मतदान गर्न विलम्ब गर्दैनन्,’ प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रमका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै पूर्व प्रधानमन्त्री ओलीले भने ।
दुईरदुई पटक संसद विघटन गर्ने ओलीलाई किन बहुमत दिने भन्ने गठबन्धनका नेताहरुको भनाइ छ नि भन्ने पत्रकार धमलाको प्रश्नमा ओलीले भने, ‘पहिलो कुरा त एमालेले १२१ सिट ल्याएको हो, बहुमत थिएन । बहुमतका लागि १३८ सिट चाहिन्थ्यो । महिनादिनसम्म त निर्वाचन आयोगले मत परिणाम राष्ट्रपति कार्यालयमै पुर्याएन । गाडीमा तीन मिनेटको बाटो १५ दिन लगाइदियो । प्रचण्ड बडा अस्थिर मानिस हुन् । धोका दिनु र बेइमानी गर्नु उनका लागि बायाँ हातको खेल हो । हामीसँग सरकार बनाउनै खोजेका थिएनन् । माछा फ्याँकिदिएपछि मात्र डल्फिन नाच्न थाल्छ । मैले उनलाई माछा फ्याँक्नुपर्यो । मैले अनेक लोभ देखाएर खोरमा हुलेको हो । पार्टी एकीकरण गर्न पनि चाहेका थिएनन् । मैले बाध्य बनाएको हो । त्यो मेरो दोष होइन, सफलता थियो । उनले फेरि अस्थिरता मच्चाएपछि लुटमार र छाडातन्त्रभन्दा ताजा जनादेश जानुपर्छ भनेर मैले संसद् विघटन गरेको हो । तर उनीहरुले परमादेश ल्याएर शासन गरे ।’
ओलीले त उखान टुक्का मात्र हाल्छन्, गफाडी हुन् भन्ने पनि त प्रचण्डको आरोप छ नि भन्ने प्रश्नमा उनले भने, ‘प्रचण्ड वा अरुसँग म दन्तबजान गर्न चाहन्नँ । पार्टी सकिन लागेपछि मसँग तालमेल गर्नु प्रचण्डको बाध्यता थियो । उनले विदेशीको मेजमानी खाएर जनयुद्ध लडेको फूर्ति नलगाए हुन्छ । प्रचण्डले १७ हजार मान्छे मारेका होइनन् रु चन्दा भन्दै लुटपाट मच्चाएका होइनन् रु उनी क्रान्तिकारी हुन् कि आतंककारी रु मैले भन्ने गरेको उखान टुक्का होइन, बिम्ब हो । उनीहरुलाई फेद टुप्पो थाहा छैन । व्यंग्य वा ह्युमर भन्ने कुरा थाहा छैन । दृष्टान्त उपमा पनि थाहा छैन । त्यो ज्ञानको कमी हो ।’
माधव नेपालले पार्टीलाई २४० सिट लड्दा ३३ सिटमा ओरालिदिएको आरोप पनि उनले लगाए । ओलीले भने, ‘ओलीको विरोध नगरे त प्रचण्ड, माधव नेपालहरुको सटर नै बन्द हुन्छ नि ।’ चुलोमा ग्यास पाइपको कुरा सात वर्ष पुरानो भएको पनि उनले बताए । उनले भने, ‘मैले नाकाबन्दीका बेला जनतालाई आशा जगाउन ग्यास पाइपको कुरा गरेको थिएँ । अब त इलेक्ट्रिक चुलोमा जाने हो । पाँच वर्षमा एमालेले ट्वान्टी ग्यारेन्टी गरेको छ । एमालेको सरकार आएपछि भनेभन्दा पनि बढी काम गरेर देखाउँछौं । रिपोर्टर्स नेपाल
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #केपी शर्मा ओली, #नेकपा एमाले
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्