रामचन्द्र पौडेललाई मत माग्दै गण्डकीका मन्त्री दीपक मनाङे
तनुहँ । गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ (दीपक मनाङे) ले तनुहँमा रामचन्द्र पौडेलका लागि मत मागेका छन् ।
तनहुँ १ बाट उम्मेदवार बनेका नेपाली कांग्रेसका पौडेलका लागि मनाङेले मत मागेका हुन् । डुम्रेमा बुधबार भएको घरदैलोमा उनी पनि केही समय मत माग्दै हिँडेका थिए ।
कांग्रेसका जिल्ला सचिव लक्ष्मीभक्त खनालले मन्त्री मनाङेले केही बेर पौडेलका लागि मत मागेर हिँडेको बताए । ‘बाटोमा भेट भयो, त्यसपछि उहाँ ९मनाङे० पनि मत मागेर हिँड्नुभएको हो, सहकार्य गर्ने भन्नुभएको छ’, खनालले भने ।
मन्त्री मनाङे आगामी प्रदेशसभा निर्वाचनमा पनि यसअघि नै निर्विरोध चयन भइसकेका छन् । उनले उम्मेदवारी दिएको क्षेत्र मनाङ २ मा कसैले पनि उम्मेदवारी नदिएपछि उनी निर्विरोध भएका हुन् ।
क्याटेगोरी : समाचार
ट्याग : #दीपक मनाङे, #रामचन्द्र पौडेललाई मत माग्दै गण्डकीका मन्त्री दीपक मनाङे
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति






तपाईको कमेन्ट लेख्नुहोस्