Techie IT
शुक्रबार, साउन ४,२०८१

रामजीप्रसाद बरालको उम्मेदवारी खारेज गर्न माग गर्दै उजुरी


काठमाडौं । गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालको उम्मेदवारी खारेज गर्न माग गर्दै निर्वाचन आयोगमा उजुरी परेको छ ।

माओवादीका मन्त्री बराल कास्की क्षेत्र नम्बर-३ बाट प्रतिनिधिसभा सदस्यका लागि गठबन्धन उम्मेदवार रहेका छन् ।

युवा तथा साना व्यवसायी स्वरोजगार कोषले २०७६ साल माघमा बराललाई कालोसूचीमा राखेको भन्दै उम्मेदवारी खारेज गर्न माग गर्दै उजुरी परेको हो ।

पोखरा-२४ का बोधराज रेग्मीले बरालविरुद्व उजुरी दिएका हुन् । उजुरीमा युवा तथा साना व्यवसायी स्वरोजगार कोषलाई बुझाउनुपर्ने ३८ लाख २४ हजार ७०८ रुपैयाँ नबुझाएर उनको नाम कालोसूचीमा रहेको उजुरीमा उल्लेख छ।


क्याटेगोरी : समाचार
ट्याग : #रामजीप्रसाद बराल, #रामजीप्रसाद बरालको उम्मेदवारी खारेज गर्न माग गर्दै उजुरी


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
23°
Mostly Cloudy
5:20 am6:59 pm +0545