Techie IT
मंगलबार, साउन १,२०८१

चुनावी अभियानमा सय बर्षिया बृद्धाबाट आशीर्वाद लिदै सर्वेन्द्र खनाल


काठमाण्डौं । प्रतिनिधि र प्रदेशसभा सदस्यको मंसिर ४ गते हुने निर्वाचनमा नेकपा एमालेका उमेदवारहरु चुनावी अभियानमा होमीएका छन् । चुनावी अभियानमा छलफल र अन्तरक्रिया कार्यक्रम भइरहेका छन् । चुनावी अभियानमा गाउँटोल घुम्नेक्रममा टोखा नगरपालिका वडा नम्बर– १  झोरमाँकालका सय वर्षिय बृद्धासंग काठमाण्डौं क्षेत्र नम्बर–६ को प्रतिनिधिसभा सदस्य उम्मेदवार सर्वेन्द्र खनालले आर्सिवाद लिनु भएको छ ।

एमालेका उमेदवार खनाललाई १९७९ सालमा जन्मनु भएका बृद्धा दण्डपाणि विडारीले टिका लगाएर आशीर्वाद दिनुभयो । एमालेनै आफुलाई वर्षौदेखि बृद्धभत्ता खुवाएकोमा उहाँले खुसी पनि व्यक्त गर्नुभयो । पाका उमेरका बृद्धबृद्धाहरुसंग आशीर्वाद लिने र परेका समस्याहरुलाई समाधान गर्न पहल पनि गर्ने उम्मेदवार खनालले बताउनुभयो ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #काठमाण्डौं क्षेत्र नम्बर–६, #निर्वाचन, #नेकपा एमाले, #सर्वेन्द्र खनाल


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
26°
Mostly Cloudy
5:18 am7:01 pm +0545