काठमाडौं ‘रोड सेफ्टी फिल्म फेस्टिभल’ माघ २ गते हुने
आगामी २०७९ माघ २ गते अर्थात सन् २०२३ जनवरी १६ तारिखका दिन ‘काठमाडौं रोड सेफ्टी फिल्म फेस्टिभल’ आयोजना हुने भएको छ ।
ग्लोबल एलायन्स अफ एनजीव फर रोडसेफ्टि, एफआईए फाउन्डेसन र अन्य विभिन्न संस्थाहरुको सहयोगमा नासा फाउन्डेसन नेपालले आयोजना गर्ने सो फिल्म फेस्टिभल मार्फत सडक र सवारी सम्बन्धी आधारभुत जानकारी दर्शक सामु प्रस्तुत गर्ने लक्ष्य रहेको बताइएको छ ।
‘मोटरसाइक्लिङ्ख सेफ्टि’ मुख्य थिम रहेको सो फिल्म फेस्टिबल इन्टरनेशनल रोड सेफ्टी फिल्म फेस्टिभलमा आवद्घ रहेको छ ।
फिल्म फेस्टिभलमा विभिन्न प्रतियोगीहरुले सडक सुरक्षा, सेफ्टी राइडिङ्ग र हेल्मेट तथा भयरहित यात्राको अधिकार सम्बन्धी फिल्म प्रदर्शन गर्नेछन् । प्रतियोगीले बढीमा १० मिनेटको फिल्म देखाउन सक्ने छन् । जस अन्तर्गत डिसेम्बर ३० भित्र आ–आफ्नो फिल्मको अवधारणा वुझाइसक्नु पर्नेछ भने छनोटमा परेका १० देखि १५ वटा अवधारणालाई प्रक्रियामा सामेल गराइने जनाइएको छ । विभिन्न छलफल, ओरिएन्टेसन र निर्माणको चरण पार गरेका १० वटा फिल्मलाई प्रतिस्र्धामा समावेश गरिने आयोजकको भनाई छ ।
कार्यक्रमको अन्तिम दिनमा दरवारमलस्थित दरवार सिनेम्याक्समा फिल्म प्रदर्शन गरिने उतm फिल्म फेस्टिबलमा यातायातका सरकारी निकाय, ट्राफिक प्रहरी, स्वास्थ्य र सुरक्षा सम्वन्धि निकायहरु, अटोमोबाइल सम्वन्धि व्यवसायीक प्रतिष्ठानहरु, स्थानीय, सरकारी, गैरसरकारी संस्था, राष्ट्रिय अन्तर्राष्ट्रिय संघ संस्था तथा व्यावसायिक संस्थाको समेत सहयोग रहनेछ ।
सो अवसरमा फिल्म प्रदर्शन संगै अवार्ड प्रोग्राम, अन्तरक्रिया तथा सडक र सुरक्षा सम्बन्धी विभिन्न विषयमा प्रदर्शनी समेत गरिने छ ।
सन् २०१८ बाट नासा नेपालले सडक सुरक्षाको क्षेत्रमा काठमाडौं रोड सेफ्टी फिल्म फेस्टिबल शुरु गरेको थियो भने २०२० मा दोश्रो फिल्म फेस्टिभल आयोजना गरेको थियो ।
कुल १२ लाख ५० हजार अनुमानित खर्च लाग्ने सो फिल्म फेस्टिभलको लागी इश्वर बल्लभ उप्रेतीको संयोजकत्वमा एक समिति गठन गरीएको आयोजकले जनाएको छ । नासा फाउण्डेसन, नेपाल अटोमोबाइल्स एसोसीएसन ९नासा नेपाल०को सडक सुरक्षा, मोबीलीटी र कल्याणकारी कार्यको लागी स्थापीत संस्था हो ।
क्याटेगोरी : समाचार
ट्याग : #काठमाडौं ‘रोड सेफ्टी फिल्म फेस्टिभल’ माघ २ गते हुने
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्