राष्ट्रिय प्रजातन्त्र पार्टीको चुनाव प्रचारप्रसारमा मनिषा कोइराला व्यस्त
काठमाडौं । अभिनेत्री मनिषा कोइराला राष्ट्रिय प्रजातन्त्र पार्टीको चुनाव प्रचारप्रसारमा व्यस्त बनेकी छिन् । नेपाली कांग्रेस परिवारकी कोइराला राप्रपाका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनको चुनाव प्रचारप्रसार गरेकी छिन् । उनी लिङदेनसँग मकवानपुर पुगेकी थिइन् । अभिनेत्री कोइराला परिवारकी सदस्य मनिषाले प्रचारप्रसारको क्रममा वीपी बा ९वीपी कोइराला०को सिद्धान्त लिङदेनले मात्रै लिएको बताएकी थिइन् ।
मनिषाले सोमबार भने राप्रपाको हेटौंडाको कार्यक्रमलाई छोटो समय सम्बोधन गरिन् । कोइरालाले लिङ्देनलाई संकेत गर्दै नेपाल आमाले बल्ल सही नेतृत्व पाएको आफूलाई लागेको बताइन् । लिङ्देनप्रति आफूलाई विश्वास लागेर यहाँसम्म आइपुगेको उनले बताइन् । ‘म त्यो विश्वास खोज्न यहाँ उभिएको छु,’ उनले भनिन्, ‘आफ्नो अमूल्य मत सही, असल र समक्ष मान्छे राजेर दिनुहोस् ।ु कांग्रेस कोइराला परिवारमा जन्मिएर भारतीय फिल्म क्षेत्रमा सफल अभिनय गरेकी कोइरालाले वीपीको विचारलाई पनि लिङ्देनले आत्मसात गरेकोमा आफूलाई गर्वबोध भएको बताइन् ।
सोमबार हेटौंडा उपमहानगरपालिका १३ मा पार्टीको आमसभामा अध्यक्ष लिङ्देनले देशमा भएको गलत राजनीतिको विरुद्ध आगामी निर्वाचन भएको बताएका छन् । उनले निर्वाचन हाम्रो भविष्य कस्तो बनाउने भन्ने निर्णय गर्ने दिन रहेको ताए । लिङ्देनले अहिलेको निर्वाचन देशमा भइरहेको दशकौँदेखिको राजनीतिक अभ्यास, भ्रष्टाचारलाई संस्कृति बनाउने, सत्ताका लागि जे पनि गर्ने विरुद्धको निर्वाचन रहेको बताए ।
गत शुक्रबार काठमाडौंको चुनावी सभामा राजेन्द्र लिङ्देनको नेतृत्वबाट आफू प्रभावित भएकाले आफूले राप्रपाका उम्मेदवारलाई रोजेको पनि स्पष्ट पारेकी थिइन् । भ्रष्टाचार गर्नु आमाको रगत खानु सरह रहेको कुरा लिङ्देनले भनेपछि आफू त्यसको पक्षमा मनैदेखि उभिएको उनको भनाइ थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #मनिषा कोइराला, #मनिषा कोइराला राप्रपाको प्रचारप्रसारमा व्यस्त
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्