Techie IT
सोमबार, माघ २८,२०८१

गगन थापाकाे बिराेध गरेपछि सामाजिक सन्जालमा सशांक काेइरालाकाे व्यापक आलाेचना


काठमाडौं । नेपाली काँग्रेसका नेता सशांक कोइरालाले गगन थापामा सपना नभएको बताएका छन् । एक अनलाइनलाइ अन्तर्वार्ता एउटा सपना चाहिन्छ त्यो गगनमा मैले देख्दिन । जुन सपना म मा छ । भनेपछि उनीमाथि व्यापक आलोचनाको वर्षा भएको छ । अन्तर्वार्तामा आफू प्रधानमन्त्रीको दावेदार भएको भन्दै उनले यो पटक गगन थापाले कुर्नु पर्ने बताएका थिए । कोइरालाले गगनमाथि टिप्पणी गर्दै भनेका छन् ुउनी राम्रो वक्क्ता हो तर राजनीतिमा त्यतिलेमात्रै पुग्दैन ।ु

घरदैलो रिपोर्टिङ गर्न पुगेको बार्हखरी अनलाइनका सम्बाददातासँग कुरा गर्दै कोइरालाले आफू शेरबहादुर देउवासँग प्रतिष्पर्धा गर्ने जित्ने बताएका छन् । उनको अन्तर्वार्ता अनलाइनमा छापिएपछि समाजिक सन्जालभरी उनलाइ गालीको वर्षा भएको छ । सो अनलाइनको फेशबुक पेजमा कमेन्ट गर्दै गोइन योन्जन लेख्छन्, ुलु सशाङ्क दा नखोक्नुस।करिबकरिब अब कोइराला खानदानबाट देशको कार्यकारी प्रमुख हुने ल्याकतको अहिले चाहिँ देख्दिन। तपाईं देखिएको मद्दे सबै भन्दा कनिष्ठ हुनुहुन्छु

 

यो समाचार लेख्दासम्म सो अनलाइनको फेशबुक पेजमा २०४ कमेन्टमध्ये सबै नै सशांकलाइ आलोचना गरेर लेखिएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #नेपाली कांग्रेस, #सशांक काेइराला


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
13°
Mist
6:43 am5:52 pm +0545