ईश्वर पोखरेललाई भोट माग्दै करिष्मा मानन्धर र आकाश अधिकारी घरदैलोमा
काठमाडौं । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई भोट माग्दै चर्चित अभिनेत्री करिष्मा मानन्धर र चलचित्र निर्देशक तथा निर्माता आकाश अधिकारी पनि घरदैलोमा सहभागी भएका छन् ।
करिष्मा र आकाशले काठमाडौं क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका पोखरेलको चुनावी अभियानमा साथ दिएका हुन् । उनीहरु आइतबार बिहान काठमाडौं महानगरपालिका वडा नम्बर ३ बसुन्धारामा पोखरेलको घरदैलोमा सहभागी भएका थिए ।
आफू पनि काठमाडौं क्षेत्र नम्बर ५ को स्थायी बासिन्दा भएको बताउँदै अभिनेत्री मानन्धरले पोखरेलले यस क्षेत्रको विकासका लागि धेरै काम गरेको र जनताको माझमा भिजेको बताइन् । काठमाडौं क्षेत्र नम्बर ५ मा पोखरेलको विकल्प नभएको उनले बताइन् ।
देश विकासको लक्ष्य लिएर अगाडि बढेको एक मात्र पार्टी एमाले रहेको भन्दै अभिनेत्री मानन्धरले एमालेले जिते मात्रै देशले काँचुली फेर्न सम्भव रहेको प्रतिक्रिया दिइन ।
‘नेपाली जनताले विकास के हो भन्ने कुरा राम्रो अनुभुति गर्न नपाएको बेलामा केपी शर्मा ओलीको नेतृत्वमा एमालेले जनतामा विकासको अनुभुति गराउन सफल भयो । त्यसैले यो पटकको भोट एमालेलाई’– अभिनेत्री मानन्धरले भनिन् ।
घरदैलोका क्रममा वडा नम्बर ३ का जनताले एमाले वरिष्ठ उपाध्यक्ष पोखरेललाई भव्य स्वागत गर्दै जितको शुभकामना दिएका थिए ।
जनताको सद्भाव र विश्वासप्रति आफू नतमस्तक रहेको भन्दै पोखरेलले सदैव जनताको सुख दुख र विकासमा आफू सँधै साथमा रहने प्रतिबद्धता व्यक्त गरे । काठमाडौं क्षेत्र नम्बर ५ को प्रतिनिधिसभामा पोखरेल तथा प्रदेशसभा ५ ९१० मा नारायण सिलवाल र ५ ९२० मा दीपक निरौला उम्मेदवार छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #ईश्वर पोखरेल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्