विभिन्न कार्यक्रममा सहभागी हुनुहुँदै राष्ट्रपति भण्डारी
काठमाडौँ । विश्वका महिला राजनीतिज्ञको सञ्जाल ‘वुमन पोलिटिकल लिडर्स्’ (डब्लुपिएल) को कार्यक्रममा सहभागी हुन आइसल्यान्ड पुग्नुभएका राष्ट्रपति विद्यादेवी भण्डारी आज त्यहाँ विभिन्न कार्यक्रममा सहभागी हुँदै हुनुहुन्छ ।
राष्ट्रपति भण्डारी त्यहाँको स्थानीय समयअनुसार बुधबार मध्याह्न १२ बजे महिला राजनीतिक नेतृत्व मञ्चको परिषद् बैठकमा विशिष्ट अतिथिका रुपमा सहभागी हुनुहुने तथा १ः४५ बजे महिला राजनीतिक नेतृत्व मञ्चको सम्मेलनलाई प्रमुख वक्ताका रुपमा सम्बोधन गर्नुहुने कार्यक्रम रहेको राष्ट्रपतिका सञ्चार विज्ञ टीका ढकालले जानकारी दिनुभयो ।
राष्ट्रपति भण्डारीलाई सो मञ्चले ‘वुमन पोलिटिकल ट्रेलब्लेजर अवार्ड’ प्रदान गर्ने कार्यक्रम छ । राष्ट्रपति भण्डारीले सो सम्मेलनका क्रममा विभिन्न देशका महिला नेत्री तथा अन्य विशिष्ट व्यक्तिहरूसँग पनि भेटघाट गर्ने कार्यक्रम रहको छ ।
अठार सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सोमबार त्यसतर्फ प्रस्थान गर्नुभएका राष्ट्रपति भण्डारी मङ्गलबार आइसल्यान्ड पुग्नुभएको हो । उहाँ भ्रमण सम्पन्न गरी यही कात्तिक २६ गते बिहान स्वदेश फर्कनुहुने कार्यक्रम छ । रासस
क्याटेगोरी : समाचार
ट्याग : #राष्ट्रपति विद्यादेवी भण्डारी, #विद्यादेवी भण्डारी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्